Photo of Milford Sound in New Zealand

काठमाडौं, १६ जेठ । दुई पांग्रे सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ । सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३–२०७४ मा बढाइएको थियो ।

२५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।

त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ ।

१५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ । त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ ।

तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो?

१२५ सिसिसम्मको मोटरसाइकल- १० हजार
१२६देखि २५० सम्म-१२ हजार
२५१देखि ४०० सम्म-१५ हजार
४०१देखि माथि सबै-२० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो?

१२५सिसि सम्म-२५ सय
१२६-२५० सम्म- ४ हजार
२५१देखि ४०० सम्म- ८ हजार
४०१देखि माथिका सबै- १५ हजार

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rmjUZl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top