Photo of Milford Sound in New Zealand

एजेन्सी । तरकारी वा सलादमा प्याजलाई बढि प्रयोग गरिन्छ । खानामा त अनिवार्य रुपमा प्रयोग हुन्छ नै । तर, प्याजको उपयोगिता यति मात्र छैन । प्याजले खानाको स्वाद मात्र बढाउँदैन, यसको प्रयोग घरेलू उपचारका लागि पनि गरिन्छ ।

प्याजलाई एक प्रकारको औषधि पनि मानिन्छ । प्याजको सेवनले शरीरमा हुने इन्फेक्सन र हाडजोर्नी जस्ता समस्याबाट पनि बच्न सकिन्छ । यसको प्रयोगले सौन्दर्यसम्बन्धी समस्याबाट समेत छुट्कारा पाउन सकिन्छ । भनिन्छ, प्याजको सेवनले मानिसको आयु पनि बढ्ने गर्दछ । त्यसो भए प्यास सेवन गर्नुका अन्य यस्ता फाइदाहरु फाईदाहरुपनि छन्

१) पत्थरीबाट छुट्कारा स् पत्थरीबाट पीडित भएकाहरुका लागि प्याजको सेवन रामवाण नै मानिन्छ । बिहानको समयमा खाली पेटमा प्याजको रस सेवन गर्नाले पत्थरीबाट सजिलैसित छुट्कारा पाउन सकिन्छ ।

२) रुघाखोकी स् यदि तपाई रुघाखोकीबाट पीडित हुनुहुन्छ भने नियमित रुपमा प्याजको सेवन गर्नुस् । प्याजले शरीरलाई न्यानो बनाउँछ जसले रुघाको इन्फेक्शन हुन दिँदैन । रुघाखोकीमा प्याजले औषधिको काम गर्छ ।

३) हाडजोर्नी समस्या स् हाडजोर्नीमा समस्या हुँदा प्याजको रसले मसाज गर्नुस् । यसले तपाईलाई राहत दिनसक्छ । प्याजको रसलाई तोरीको तेलमा मिलाएर मसाज गर्दा झनै फाइदा हुन्छ ।

प्याजका १० फाइदा, क्यान्सर देखि मधुमेह सम्मको औषधि

प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।

तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् –

१. क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पूराउँछ ।

२. महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४-५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।

३. दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

४. प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।

५. प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी केा प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।

६. दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।

७. प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।

८. निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।

९. मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।

१०. मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ । श्रोत: एजेन्सी, अनलाइन खबर

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rg7KmO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top