Photo of Milford Sound in New Zealand

चलचित्र ‘प्रेमगीत’बाट चर्चा र लोकप्रियता कमाएका नायक प्रदीप खड्का दीपेन्द्र सरकार बन्ने भएका छन् । सन्तोष सेनको लगानीमा निर्माण हुन लागेको चलचित्रमा प्रदीप, स्वर्गिय दीपेन्द्र विर विक्रम शाहदेवको भूमिकामा देखिन लागेका हुन् ।

दरबार हत्याकाण्ड भएको १६ वर्ष पुग्न दुई दिन बाँकी रहँदा चलचित्र ‘दीपेन्द्र सरकार’को निर्माण घोषणा गरिएको हो । दीपेन्द्रको प्रेम जीवनलाई चलचित्रमा समावेश गरिने निर्माता सन्तोष सेनले बताएका छन् । विवेक कुमार शाहद्धारा लिखित पुस्तक मैले देखेको दरबारमा आधारित रहेर चलचित्र दीपेन्द्र सरकार निर्माण हुनेछ ।

२०७५ साल जेठ १९ गते प्रर्दशनमा ल्याउने लक्ष्यका साथ चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । साढे ५ करोड अनुमानित लागतमा निर्माण गर्न लागिएको यस चलचित्रको छायांकन भव्य सेट खडा गरेर गर्ने योजना छ ।

चलचित्र महोत्सवका लागि डेढ घण्टाको चलचित्र निर्माण गरिनेछ भने व्यवसायिक प्रर्दशनका लागि २ घण्टा लामो चलचित्र निर्माण गरिनेछ । चलचित्रको नेपालसँगै बेलायत र अमेरिकामा पनि छायांकन गर्ने तयारी छ । नायक प्रदीप खड्काले चलचित्रमा दीपेन्द्रको भूमिका निर्वाह गर्न तौल बढाउनेदेखि लिएर पात्रलाई न्याय गर्न अनुसन्धानमा लाग्ने जानकारी दिएका छन् ।

प्रदीप अभिनित चलचित्र प्रेमगीत २ साउन १३ गतेदेखि प्रर्दशन हुने तयारीमा छ । प्रेमगीत २ प्रर्दशन हुनुपूर्व नै सन्तोष सेनले प्रदीपलाई दीपेन्द्र सरकारमा अनुबन्ध गरेका हुन् । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2smLXao
via IFTTT

0 comments:

Post a Comment

add

 
Top