Photo of Milford Sound in New Zealand

१५ जेठ, चितवन।

प्रमुख तीन दलले पत्रकार सम्मेलन गर्दैछन्। भरतपुर महानगरमा मध्यरातमा मतपत्र च्यातिएपछि नेकपा एमाले अनि माओवादी केन्द्र र कांग्रेसले चितवनमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका हुन।

एमालेले सोमबार (आज) बिहान ९ बजे पत्रकार सम्मेलन डाकेको छ। त्यस्तै लगतै ९:३० बजे माओवादी केन्द्र र नेपाली कांग्रेसले संयुक्त पत्रकार सम्मेलन गर्दैछन्।

भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउने विषयमा निर्वाचन आयोगको पनि बैठक बस्दैछ । बिहान ९ बजे आयोगको कार्यालय कान्तिपथमा बस्ने बैठकले के गर्ने भन्ने विषयमा निर्णय गर्ने आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

मतपत्र च्यातरेको आरोपमा प्रहरीले २ जना माओवादीका र १ जना एमालेका कार्यकर्ता पक्राउ गरेको थियो। जसमध्ये एमालेका गंगा लामालाई प्रहरीले छोडेको छ।

दुवै पार्टीले घटनाको लागि एक अर्कोलाई दोषारोपण गरिरहेका छन।

मतगणना वडा नं १९ को आधा र वडा नं २० को पुरै बाँकी थियो।

पछिल्लो परिणाम अनुसार १९ नं वडाको १८०० मतगणना गर्दा एमालेका देवी ज्ञवालीको ४१ हजार ६ सय ४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९ सय ०८ मत आएको छ। nepaliheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s5krPe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top