Photo of Milford Sound in New Zealand

जेठ १५ – जन्मिएको करिब आठदेखि नौ महिना बच्चा हिँड्न सुरु गर्छ । यो क्रममा बच्चा पहिले घुँडा टेकेर बामे सर्छ । बामे सरेको केही समयपछि खुट्टा टेक्न सुरु गर्छ अनिमात्र बिस्तारै पाइला चाल्न थाल्छ । यसको लागि धेरै समय लाग्छ । तर तीन दिन अघि सोसल मिडियामा एउटा यस्तो भिडियो अपलोड भएको छ जसमा एक नवजात शिशु जन्मिएको केही मिनेटभित्रै पाइला चाल्न सुरु गरेको देखिएको छ । डाक्टरले ती बच्चालाई आफ्नो हातमा उठाएका छन् भने बच्चा आफसेआफ आफ्नो खुट्टा चालेर अगाडि बढ्छ ।

यो भिडियोलाई २६ मे मा फेसबुकमा अपलोड गरियो त्यसपछि यो भिडियो एक प्रकारले भाइरल नै भयो । खबर लेख्दासम्म भिडियोलाई ७ करोड भन्दा बढिले हेरिसकेका छन् भने यो १६ लाख पटक सेयर भइसकेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rwpfjO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top