Photo of Milford Sound in New Zealand

गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले पहिलो पटक नेपाली आधुनिक गीत गाएका छन् । बलिवुड गीत संगीत र रियालिटी शोहरुमा व्यस्त आदित्यले मोनी शर्माका शब्दमा आवाज दिएका हुन् । ‘फूल जस्तै’ बोलको यस गीतको अडियो युट्युबमा सार्वजनिक गरिएको छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।

आदित्यले यस अघि पनि नेपाली गीतमा आवाज दिएका छन् । तर आधुनिक गीतमा भने उनको यो पहिलो अनुभव हो । यस अघि उनले कुसुमे रुमालको शीर्ष गीतमा आवाज दिएका थिए । आदित्य हाल जि टि भिकोे रियालिटी शो सारेगम लिटिल च्याम्समा प्रस्तोताको रुपमा काम गरिरहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rDLIeK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top