Photo of Milford Sound in New Zealand

धादिङ : धादिङको निलकण्ठ १० भकारेमा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । घटनामा अन्य २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको बस धादिङको निलकण्ठ नगरपालिका वडा नं. १० भकारेमा दुर्घटना भएको हो ।

ग १ ख ३८०५ नम्बरको बस भकारे भन्ने ठाउँको घुम्तीबाट करिब दुई सय मिटर तल जंगलमा खसेको घटनास्थलबाट नवराज पाठकले जानकारी दिनुभयो ।
दुर्घटना स्थलमा स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । धादिङबेसीबाट प्रहरी र एम्वुलेन्ससहितको टोली उद्धारको लागि घटनास्थलतर्फ जाँदैछ ।

घटना अप्ठयारो ठाउँमा भएको र रात परेकाले उद्धार गर्न कनिठाई भइरहेको समाचार प्राप्त भएको छ । घटनाबारे विस्तृत आउन बाँकी छ ।

SOURCE:-annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rcfWo0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top