Photo of Milford Sound in New Zealand

एजेन्सी

जेठ १४ – केही मिडिया रिपोर्ट अनुसार नायिका सेलिना जेट्लीले दोस्रो पटक जुम्ल्याहा सन्तानलाई जन्म दिँदैछिन् । दोस्रो पटक पनि जुम्ल्याहा सन्तानकी आमा बन्न लागेकोमा आखिर किन र कसरी कोही महिलाले एकभन्दा बढि सन्तान जन्माउँछन् । यस प्याकेजमार्फत यससम्बन्धि विभिन्न प्रश्नबारे जानकारी दिइँदैछ ।

के हो मल्टीपल प्रेगनेन्सीः

इंडियन फर्टिलिटी सोसाइटीका च्याप्टर हेड र न्योनाटोलोजिस्ट एण्ड एब्रायोलोपिजस्ट डा. रणधीर सिंहका अनुसार एकभन्दा धेरै बच्चा जन्म दिने घटनालाई मेडिकल भाषामा मल्टिपल प्रेगनेन्सी भनिन्छ । यसको अर्थ कुनै महिलाको गर्भमा दुई वा त्योभन्दा बढि बच्चा छन् । यी बच्चा एउटै अण्डा वा भिन्न भिन्न अण्डामार्फत हुनसक्छ ।

आइडेन्टिकल ट्वीन्सः एउटै अण्डामार्फत जन्मिने बच्चालाई आइडेन्टिकल भनिन्छ । यस्तो त्यतिबेला हुन्छ जब एउटा अण्डा एटा वीर्यबाट फर्टिलाइज हुन्छ । त्यसपछि फर्टिलाइज्ड एग दुई वा बढि भागमा बाँडिने गर्दछ । यसलाई निकै दुर्लभ मानिन्छ । यी बच्चाको अनुहार र स्वभाव मिल्दोजुल्दो हुन्छ ।

फ्रेटरनल ट्वीन्सः भिन्न भिन्न अण्डाबाट जन्मिने बच्चालाई फ्रेटरनल भनिन्छ । यस्तो त्यतिबेला हुन्छ जब एक वा त्योभन्दा बढि वीर्यबाट फर्टिलाइज हुन्छ । यदि महिलाको परिवारमा पहिला नै फ्रेटरनल ट्वीन्स छन् भने यसको सम्भावना बढ्ने गर्दछ । अधिकांस जुम्ल्याहा यस्तै प्रकारका हुन्छन् । यस्ता जुम्ल्याहा सन्तान एउटै पनि देखिन सक्छन् वा भिन्न पनि देखिन्छन् ।

१. फर्टिलिटी ट्रिटमेन्टः

जो महिला आइभीएफको सहारा लिन्छन् वा फर्टिलिटीको औषधी खान्छन् उनीहरुमा जुम्ल्याहा सन्तान हुने सम्भावना बढ्ने गर्दछ ।

इन विन्ट्रो फर्टिलाइजेशन (आइभीएफ) मा महिलाको अण्डा र पुरुषको वीर्यलाई एक टेस्टट्युबमा राखेर फर्टिलाइज गरिन्छ ।

किन ?

आइभीएफमा सम्भावना बढाउनका लागि पाठेघरमा एकभन्दा बढि फर्टिलाइज्ड एग राखिन्छ । त्यस्तै फर्टिलाइज्ड औषधीका कारण पनि धेरै अण्डा बन्ने गर्दछ ।

२. पारिवारिक इतिहासः

यदि महिलाको परिवार (आमा, दिदि÷बहिनी, हजुरआमा) को पहिला नै जुम्ल्याहा छन् भने उनीहरुको पनि जुम्ल्याहा हुने सम्भावना बढ्ने गर्दछ ।

किन ?

महिलाले अण्डाको उत्पादन गर्ने गर्छिन् । त्यसकारण उनको परिवारका आमा र दिदी/बहिनीको जिन उनीहरुमा ट्रान्सफर हुन्छ

३. जीवनशैलीःमांसाहारी र उच्च फ्याटयुक्त खानेकुरा वा मोटोपनाबाट ग्रस्त महिलामा जुम्ल्याहा सन्तान जन्माउने सम्भावना अत्यधिक रहेको हुन्छ ।

किन ?

हाई फ्याट डाइट लिने महिलामा हर्मोन परिवर्तन हुने भएकाले यस्तो हुनसक्छ ।

४. उमेरः

३० देखि ४० वर्षको उमेरमा आमा बन्ने महिलामा पनि मल्टिपल प्रेग्नेन्सी हुने सम्भावना अत्यधिक रहेको हुन्छ ।

किन ?

डाक्टरका अनुसार बढ्दो उमेरमा ओभरीको क्रियाकलाप परिवर्तन हुन्छ र अण्डाको उत्पादन बढ्ने गर्छ ।

५. बच्चाको संख्याः

जसले पहिला जुम्ल्याहा वा सोभन्दा बढि बच्चालाई जन्म दिएका छन् ती महिलामा मल्टिपल प्रेगनेन्सी हुने सम्भावना बढ्ने गर्दछ ।

किन ?

महिलामा अण्डा उत्पादन गर्ने क्षमता निकै राम्रो हुने भएकाले यस्तो हुन्छ ।

६. स्थानः

संसारको अन्य स्थानको तुलनामा पश्चिम अफ्रिकी देशमा जुम्ल्याहा हुने सम्भावना बढि हुन्छ ।

किन ?

यी स्थानका मौसम र जीवनशैली यसका लागि जिम्मेवार मानिन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r4qC7O
via IFTTT

0 comments:

Post a Comment

add

 
Top