Photo of Milford Sound in New Zealand

सुनसरी, वैशाख २६
हाम्रै नेपालमा बेहुला हेलिकप्टर लिएर बेहुली लिन बेहुलीको घर पुगे भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । इटहरीमा रहेर भिआइपी सेक्युरिटी गार्ड सर्भिस सञ्चालन गर्दै आएका लहेरु चौधरीले आफ्ना एक मात्र छोराको विवाह हेलिकप्टर चार्टर गरेका छन् ।

आइतबार सम्पन्न विवाहमा सुन्दर–हरैंचाको गोकुलम रिसोर्टछेउ चरिगुवाबाट उनका कान्छा छोरा अमृत चौधरी बेहुली लिन हेलिकप्टर लिएर सुनसरीको तनमुना–६ पुगेका थिए । चौधरी समुदायमा पहिलोपटक हेलिकप्टरमा बेहुला–बेहुली लिन पुग्दा हेलिकप्टर र बेहुला हेर्नेको बाक्लै भीड लागेको थियो ।

व्यवस्थापनमा स्नातक सकेका अमृतले सोही विषयमा डिग्री सकेकी लता चौधरीसँग हेलिकप्टर चार्टर गरेर चौधरी परम्पराअनुसारै विवाह गरेका हुन् । हेलिकप्टर चार्टर गरिए पनि बेहुला र बेहुली चौधरीहरूको परम्पराअनुसारकै बेहुला–बेहुलीको पोसाकमा भएको बेहुलाका बुबा लहेरुले बताए ।

उनले सन्तानको अन्तिम बिहेमा पैसाको मुख नहेरी हेलिकप्टर प्रयोग गरेर रहर पूरा गरेको खुसी व्यक्त गरे । हेलिकप्टर चार्टरको व्यवस्था लहेरुका नजिकका साथी युवा व्यवसायी दयराम खवासले मिलाएको पनि उनले बताए ।

उनल चौधरी समुदायको पहिलोपटक आफ्नो छोराको बिहे यसरी भएका पनि बताए । उनका अनुसार उक्त बिहेमा करिब ५ हजार सहभागी थिए । source:koshionline.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2put4Au
via IFTTT
09 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top