Photo of Milford Sound in New Zealand

काठमाडौं, वैशाख २७ – झण्डै डेढ दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायिका विष्णु माझीले अहिलेसम्म हजारौं गीतमा आवाज दिएकी छिन् । उनको आवाज मन नपराउने र उनको आवाजको तारिफ नगर्नेहरु कमै भेटिन्छन् । प्रत्यक्ष रुपमा भेटेरै उनको खुलेर प्रशंसा गर्न चाहेनहरु पनि थुप्रै छन् । तर विष्णुले आफ्ना प्रशंसकहरुलाई अहिलेसम्म यो मौका दिन सकेकी छैनन् । उनी मात्र स्टुडियो र घरमा सिमित छन् । विष्णुको जीवनशैली अचम्मको छ । उनी आफ्नै पारामा स्टुडियो आउँछिन् । गीत गाउँछिन् अनि घर फर्किन्छिन् ।

उनी को सँग कसरी आउँछिन् र कसरी जान्छिन् त्यसको जानकारी पनि कसैलाई हुँदैन । उनले भेट भइरहने सहकर्मी साथीहरुलाई पनि मात्र हाई हेलो ! मा सिमित राखेकी छिन् । सुन्नमा आए अनुसार उनी कसैसँग फोटो खिच्न पनि राजी हुन्नन् । भेट हुँदा सेलिब्रेटीसँग सेल्फी लिन नचाहने कमै हुन्छन् । तर बिष्णुले आफ्ना प्रशंसक र साथीहरुलाई यो मौका पनि दिन सकेकी छैनन् ।

लोकगीत संगितकर्मीहरुसँग पनि खासै घुलमिल भएको पाइँदैन । लोकगीतमा दशकौँ बिताएका र उनीसँग काम गरिसकेकाहरुसँग उनको बारेमा बुझ्न खोज्दा पनि केही जानकारी निकाल्न सकिन्न । पछिल्लो समय बिष्णु माझीले गायक तथा संकलक सुन्दरमणी अधिकारीसँग विवाह गरेर आफ्नो परिचय फेरिसकेकी छिन् । तर उनको जीवशैली भने फेरिएको छैन ।

उनी विवाह हुनुभन्दा पहिले पनि पछ्यौरीले मुख छोपेर हिँड्थिन् र अहिले पनि । आज भन्दा पाँच वर्ष पहिले सुन्दर र विष्णुको विवाह भएको हो । तर उनीहरुको विवाह कहाँ र कसरी भयो त्यस बारेमा पनि जानकारी छैन । विष्णु र सुन्दर विवाह अघि लिभङ टुगेदर (सँगै बस्थे) सम्बन्धमा थिए ।

बेलाबखतमा सुन्दरले नै विष्णु माझीलाई बन्दी बनाएका खबरहरु सुन्नमा आउँछन् । तर यी खबरहरु पुष्टि भने हुन सकेका छैनन् ।

विष्णुले स्टेज कार्यक्रमहरुमा प्रस्तुती पनि दिन्नन् । नत उनी मिडियासँगै कुरा गर्छिन् । उनले आफूलाई सामाजिक नगर्नुको कारण केहीले उनको शिक्षा भएको पनि बताउँछन् । उनी मात्र साक्षर छन् । उनले मात्र स्टुडियो गायिकाको रुपमा काम गरिरहेकी छिन् ।

उनीसँग केही गीत गाइसकेका गायक कुलेन्द्र विश्वकर्माले हालै मात्र हामीसँग भएको कुराकानीमा उनी सामाजिक भए राम्रो हुने बताएका छन् । उनले खासमा बिष्णु माझी सार्वजनिक नहुने कारण के हो त्यस बारेमा आफूलाई खासै थाहा नभएको बताउँदै मात्र उनी सार्वजनिक भए राम्रो हुने खुलाए ।

‘उहाँको एक झलक पाउन मात्रै लाखौं खर्चिन सक्नेहरु र चाहनेहरु छन् यहाँ तर उहाँले फ्यानहरुलाई त्यो मौका दिन सक्नु भएको छैन । उहाँले अहिलेको यो अवसरलाई नगुमाएर यसको सदुपयोग गरेर आफ्नो भविष्य सुनिश्चित बनाए हुने थियो । उहाँ सामाजिक भइदिँदा खुशी हुनेहरु लाखौँ छन् यहाँ । म भन्छु, उहाँ सामाजिक हुन जरुरी छ’ कुलेन्द्रले भने । उज्यालो र forseenetwork.com को सहकार्य

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q28NG3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top