Photo of Milford Sound in New Zealand

काठमाडौं, वैशाख ३१ । बैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणको स्थानिय निकायको निर्वाचन हुने भएपछि म्यादी प्रहरीको कमाइ पनि बढने भएको छ । सरकारले एकै चरणको निर्वाचन गर्ने भन्दै म्यादी प्रहरीको भर्ना पनि त्यसै अनुसार गरेको थियो । तर, दुई चरणमा भएपछी उनीहरुको जागिरको अवधि पनि थप भएको छ ।

सुरुमा म्यादी प्रहरीले करिव दुई महिना जागिर खाँदा करिव ३४ हजार रुपैयाँ कमाइ हुने अनुमान गरेका थिए । तर, पुनः एक महिनाको म्याद थपिएपछि उनीहरुले तीन महिना म्यादी प्रहरीको जागिर खादाँ ५० हजार रुपैयाँ पाउने भएका छन् ।
म्याद थपिएकोमा उनीहरुले खुशी व्यक्त गरेका छन् । तीन महिना काम गर्दा आधा लाख कमाइ हुने भएपछि खुशी हुनु स्वभाविकै भएको एक म्यादी प्रहरीले बताए ।

दुई चरणको निर्वाचन गर्दा सरकारलाई २० अर्बको व्यायभार पर्ने अनुमान गरिएको छ । तर,स्थानिय निकायको निर्वाचनले करिव २० वर्षदेखि रिक्त रहेका जनप्रतिनिधीले पूर्णता पाउने र धेरैले छोटो अवधिका लागि भएपनि स्वदेशमा रोजगारीको अवसर दिने काम गरेको छ। यसलाई सकारात्मक नै मान्नु पर्छ ।

सुरुमै छोटो अवधिमा राम्रो कमाइ हुने र खान, बस्न र लाउन पाउने सुविधा भएपछि म्यादी प्रहरीमा जागिर खाने मोह बढेको थियो। बेरोजागर बसिरहेका युवायुवतीले सानो तिनो कमाइ हुने र प्रमाणपत्र बनाउन पाइने आशाले पनि उनीहरु म्यादी प्रहरीमा जागिर खान लालायित भएका थिए ।

आफ्नो नाम नबताउने सर्तमा एक स्नातक अध्ययनरत उनले जागिर नभएको र विदेश जाने प्रक्रियामा रहेको बेला पैसा आउँछ भनेर म्यादी प्रहरी बन्न खोजेको बताए ।

म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छन् । नेपाल प्रहरीका जवानको तलब स्केल सरह मासिक १७ हजार दुई सय ३० रुपैयाँ पाउने छन् । म्यादी प्रहरीमा छानिएकालाई साधारण तालिम दिइएपछि उनीहरुलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ। सुरुमा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीलाई डेढ अर्बको हाराहारी खर्च हुने भनिएको थियो । तर, अहिले करिव अढाइ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

गृह मन्त्रालयले पनि म्यादीलाई निर्वाचन अवधिभर तलबरभत्ता, रासन, लत्ताकपडा लगायतमा शीर्षकमा खर्च बढने बताएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रयोजनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना लिने निर्णय गरेको थियो ।

गृह मन्त्रालयका अनुसार, म्यादी प्रहरीलाई रासन भत्ता बापत सम्बन्धित जिल्लाको बजार मूल्यअनुसार कम्तीमा पाँच हजार दुई सयदेखि १० हजार रुपैयाँसम्म खर्च हुन्छ । यो स्केलअनुसार ७५ हजार म्यादी प्रहरीका लागि करिव तीन महिनामा तलब र रासनमा मात्रै अढाइ अर्ब रुपैयाँ खर्च हुन्छ । प्रतिव्यक्ति एक हजार पाँच सयका दरले कपडा सेट व्यवस्थापन गर्दा पनि १२ देखि १५ करोड रुपैयाँसम्म बजेट आवश्यक पर्ने देखिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r7C8QJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top