Photo of Milford Sound in New Zealand

मंसिर २० । भारतमा माघ–फागुनमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने जुडो खेलाडीको छनोट आइतबार पूरा भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट भएसँगै सागमा सहभागी हुने जुडोका पूरै खेलाडीको टुंगो लागेकोहो ।
सागको जुडोमा ६ पुरुष र ६ महिला गरी १२ खेलाडी सहभागी हुने छन् । अघिल्लो दिन शनिबार समान ३–३ पुरुष/महिला खेलाडी छनोट भएका थिए । आ–आफ्नो तौलसमूहमा पहिलो भएका खेलाडीले सागमा सहभागिताको अवसर पक्का गरेका हुन् ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि पामका इन्द्रबहादुर श्रेष्ठ पहिलो भए । उनले फाइनलमा पामकै सुदेशबहादुर दोङलाई पराजित गरे । ७३ केजीमुनि नेपाल प्रहरीका सन्जिव डंगोल पहिलो भए । उनले नेपाल आर्मीका जंगबहादुर सारुलाई हराए । ९० केजीमुनि ललितपुरका सञ्जय महर्जन छानिए । उनले फाइनलमा भक्तपुरका रविन श्रेष्ठलाई पाखा लगाए ।
महिलाको ४८ केजीमुनि प्रहरीकी सरिता चौधरी, ५७ केजीमुनि पामकी मनिता श्रेष्ठ प्रधान तथा ७० केजीमुनि आर्मीकी गंगा चौधरी पहिलो भए । फाइनलमा सरिताले एपीएफ क्लबकी सीता खड्का, मनिताले एपीएफकी देवीका खड्का तथा गंगाले काठमाडौंकी सुनीता मगरलाई निराश पारे ।
प्रत्येक तौलसमूहमा दोश्रो हुने खेलाडीलाई स्पाइरिङ पार्टनरका रुपमा राखिने जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाएका छन् । पहिलो हुने खेलाडी कुनै कारणवस सागमा सहभागी हुन नपाउने स्थिति भएमा दोश्रो भएका खेलाडीले अवसरमा पाउने अध्यक्ष बज्राचार्यले जानकारी गराए ।
दुईदिने प्रतियोगितामा विभिन्न १२ स्पर्धामा १ सय २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


from ARENA http://ift.tt/21ImPbb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top