Photo of Milford Sound in New Zealand

इन्टरनेट जाएन्ट याहुले आफ्नो च्याटिंग एपमा याहु मेसेन्जरलाई केही शानदार फिचर्सहरुसाथ पुनः रिलिज गरेको छ । फेसबुक मेसेन्जर, वि च्याट, ह्वाट्सएप तथा भाइबर जस्ता च्याटिंग एपलाई टक्कर दिने उद्धेश्यका साथ याहुले एन्ड्रोइड तथा आइओएस दुबै प्लेटर्फमममा समेत प्रयोग गर्न सकिने मेसेन्जर एप ल्याएको हो ।
याहुको यो च्याटिंग एपलाई वेब भर्सनमा पनि प्रयोग गर्न सकिनेछ । नयाँ भर्सनमा ल्याइएको याहुको च्याटिंग एपका नयाँ फिचर्स यस्ता छन्:
तिब्र फोटो सेयरिंगनयाँ अपडेटसँगै अब हाइ रिजोलुसनको फोटोहरु पठाउन पनि सजिलो हुनेछ । अब तपाइँले तिव्र स्पीडको साथ आफ्ना साथीलाई च्याटमार्फत फोटो पठाउन सक्नुहुन्छ । यसका लागि याहुले फोटो सेयरिंग सर्भिस फि्लकरको मद्धत समेत लिएको छ ।
म्यासेज डिलिट गर्नुस्
कुनैपनि मेसेजिंग एपमा अहिलेसम्म यो सुविधा दिइएको थिएन । नयाँ अपडेटसँगै अब कुनैपनि बेला तपाइँले च्याटमा गरेका कुराकानीको मेसेजहरु डिलिट गर्न सक्नुहुन्छ । डिलिट गरेसँगै त्यो तपाइँले मात्र नदेख्ने होइन अरु साथीहरुले पनि देख्न सक्नेछैनन् । अन्य च्याटिंग एप्समा कुनैपनि मेसेज डिलिट गरेपछि आफ्नो च्याटिंग बक्सबाट त डिलिट हुन्छन् तर आफ्नो सन्देश प्रापकको च्याटिंग बक्समा भने जस्ताको तस्तै रहन्छन् ।
जिआइएफ तस्वीर पठाउनुहोस्याहुको नयाँ अपडेटको साथ तपाइँले एनिमेटेड जिआइएफ तस्वीर पनि पठाउन सक्नुहुन्छ । लोकपि्रय च्याटिंग एप
व्हाट्सएपमा यो सुविधा उपलब्ध छैन । प्रयोगकर्ताको लागि यो सुविधा दिनका लागि याहुले टम्बलरको मद्धत लिएको छ ।
ग्रुप च्याटिंगयाहुमा अहिलेसम्म तपाइँले ग्रुप च्याट गर्न सक्नुहुन्नथ्यो । तर नयाँ अपडेटपछि भने अब आफ्नो सुविधा अनुसार आफ्नो साथीहरुको ग्रुप बनाएर ग्रुप च्याट गर्न सक्नुहुन्छ ।
लाइक फिचर
याहु मेसेन्जरमा तपाइँले अब फेसबुकमा जस्तै आफ्ना साथीहरुको फोटोमा लाइक गर्न सक्नुहुन्छ । यद्यपि यस्तो फिचर इन्स्ट्यान्ट मेसेजिंग एप हाइकमा पनि उपलब्ध छ । तथापि वेब तथा एप दुबैमा पहिलोपटक यस्तो सुविधा याहुले मात्र प्रदान गरेको छ ।


from SHYANE http://ift.tt/1Y7lAOr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top