Photo of Milford Sound in New Zealand

मंसिर २४ । इङ्लिस क्लबहरु चेल्सी र आर्सनल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।
बुधबार राति सम्पन्न समुह चरणका अन्तिम खेलहरुपछि राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।
बुधबार रातिका खेलपछि चेल्सी र आर्सनलसँगै ईटालीको ए.एस रोमा, युक्रेनको डाईनामोकिभ र बेल्जियमको गेन्ट नक आउट चरणमा पुगेका हुन् ।
समुह इ को खेलमा बेलारुसको बाते बोरीसोभसँग गोलरहित बराबरी खेल्दै रोमा समुह उपविजेताको रुपमा नक आउट चरणमा पुगेको हो ।
जर्मनीको बायर लिभरकुजेनसँग १–१ गोलको बराबरी खेलेको स्पेनिस क्लब बार्सीलोना समुह विजेताको रुपमा नक आउट चरणमा पुगीसकेको थियो ।
यसैगरी समुह एफ को खेलमा ग्रिसको ओलम्पियाकोसलाई ३–० ले हराउँदै आर्सनलले नक आउट चरणमा स्थान सुरक्षित गर्‍यो । यो समुहमा शीर्ष स्थान लिएको जर्मन क्लब बायर्न म्युनिखले बुधबार राति क्रोएसियाको डाईनामो जाग्रेबलाई २–० ले हरायो ।
उता समुह जी को खेलमा पोर्चुगलको एफ.सी पोर्टोलाई २–० ले हराउँदै चेल्सी समुह विजेता बन्दै नक आउट चरणमा पुग्यो । यही समुहको अर्को खेलमा ईजरेलको मकाबी तेल अभिभलाई १–० ले हराउँदै युक्रेनको डाईनामो किभ पनि अन्तिम १६ मा प्रवेश गर्‍यो ।
समुह एच को खेलमा रुसको जेनीथलाई २–१ ले हराउँदै बेल्जियमको गेन्ट नक आउट चरणमा पुग्यो । यसअघि लगातार ५ खेल जितेको जेनिथ भने समुह विजेतको रुपमा नक आउट चरणमा पुगीसकेको थियो ।
वुधबार रातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिगको अन्तिम १६ टोलीहरुको टुंगो लागेको छ । नक आउट चरुणको खेल तालिका आगामी सोमवार सार्वजनिक गरिनेछ ।


from ARENA http://ift.tt/1HVUtUx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top