Photo of Milford Sound in New Zealand

पुष १।  युरोपेली फुटबल महासंघ यूईएफएले च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेज घोषणा गरेको छ ।
तर, यो टीममा बार्सिलोनाका तीन स्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज पर्न सकेनन् । साथै बार्सिलोनाका कुनै खेलाडी पनि च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजमा परेका छैनन् ।
च्याम्पियन्स लिगको समूह चरणको खेलमा भएको प्रदर्शनका आधारमा टीम घोषणा गरिएको हो ।
च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजको फवार्डमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, बार्यन म्युनिखका थोमर मुलर र जेनिटका हल्क परेका छन् । मिडफिल्डरमा म्यानचेष्टर सिटीका राहम स्टर्लिङ, चेल्सीका विलियन्स र जेन्टका स्भेन कम्स छन् भने डिफेण्डरमा बार्यन म्युनिखका अलाबा, एथ्लेटिको मडि्रडका गोडिन, पेरिस सेन्ट जर्मेनका सिल्भा र युभेन्टसका आड्रिया बाइजाली छन् ।
च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजको गोलकिपरमा पेरिस सेन्ट जर्मेनका केभिन ट्राप परेका छन् ।


from ARENA http://ift.tt/1QrCI22
via IFTTT

0 comments:

Post a Comment

add

 
Top