Photo of Milford Sound in New Zealand

पुस १६ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज(बिहीबार) हुँदैछन् । भारतको केरलामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता अफ्गानिस्तान र श्रीलंका भिड्नेछन् ।
समुह चरणमा शत प्रतिशत विजयी नतिजा निकाल्दै समुह विजेता बनेको अफ्गानिस्तान उपाधिको मुख्य दावेदार टोली हो ।
उता समुह चरणमा नेपालमाथि १–० को जीत निकाल्दै सेमिफाइलनमा पुगेको श्रीलंका भने तुलनात्मक रुपमा सबैभन्दा कमजोर टोली हो ।
अफ्गानिस्तानका लागि यो अन्तिम साफ च्याम्पियनसिप हो । आगामी वर्षहरुमा अफ्गानिस्तानले दक्षिण एशिया छोडी मध्य एशीयाली समुहबाट खेल्नेछ ।
आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र माल्दिभ्स भिड्नेछन् । समुह चरणमा लगातार दुई खेल जित्दै समुह विजेता भनेको भारत र अर्को समुहको उपविजेता मालिदभ्सबीचको खेल निकै रोचक हुने धेरैको अनुमान छ ।


from ARENA http://ift.tt/1R0kcyx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top