Photo of Milford Sound in New Zealand

पुष ११।  प्रशान्त बस्नेत र दिपेश केसी १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रशान्तले सम्यकभूषण वज्राचार्यलाई ६-४ र ६-३ तथा दिपेशले सहर्ष बीबी चन्दलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अदित सुवेदी यु-९ ब्वाइज सिंगल्स च्याम्पियन बने । उनले फाइनलमा आरभसम्राट हाडालाई ८-३ ले हराए ।
यु-१० ब्वाइज सिंगल्समा भने आरभ उपाधि चुम्न सफल भए । आरभले उपाधि भिडन्तमा अकी जुवेन रावतको चुनौती ९-७ ले समाप्त पारे ।
यु-१४ गल्र्स सिंगल्सको उपाधि इरा रावतले जितिन् । फाइनलमा इराले अभिलाषा विष्टलाई ६-४ र ६-१ ले हराइन् ।
प्रतियोगिताको अन्तिम दिन शनिबार यु-१८ ब्वाइज र गल्र्स तथा यु-१४ ब्वाइज सिंगल्सको फाइनल खेल हुनेछ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी २ लाख ४२ हजार रुपैयाँ रहेको छ । ५८ हजारको छुट्टै गिफ्ट ह्याम्परको पनि व्यवस्था छ ।


from ARENA http://ift.tt/1QRa8Y1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top