Photo of Milford Sound in New Zealand

पुष ११।  प्रवीणवीरसिंह कंशाकारले अघिल्ला दुई संस्करणका च्याम्पियन अमृत थापा मगरलाई तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको पुरुष सिंगल्समा शुक्रबार पराजित गरेका छन् ।
जितसंगै प्रवीण फाइनलमा पनि पुगे । अब फाइनलमा प्रवीणले अमृतका बुवा हीराबहादुर थापासंग शनिबार प्रतिस्पर्धा गर्ने छन् ।
सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा प्रवीणले अमृतलाई १३-११, ११-८, ५-११, ४-११ र १२-१० ले पराजित गरे । हीराले अर्को सेमिफाइनलमा अरहन्तकेशर सिंहलाई ११-७, ११-५, ५-११ र ११-८ ले हराए ।
महिला सिंगल्समा हीराकी छोरी कृष्णा थापा र भावना सुनवार उपाधिका लागि भिड्ने भएका छन् । कृष्णाले विपना ब्लोनलाई ३-२ तथा भावनाले सपना ब्लोनलाई ३-० ले पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन् ।
यु-१७ पुरुष सिंगल्समा अमिर ब्लोनले विजय मगरलाई ११-३, ११-२ र ११-५ तथा दीपक थापाले विक्रम मगरलाई ११-८, ११-२, ४-११ र ११-९ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।
नेपाल स्क्वास र्‍याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको मास्टर्स ५० वर्षमाथि किशोर महर्जन र लालबहादुर गुरुङ फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा किशोरले डा. कुलेश थापालाई ११-३, ७-११, ११-४ र ११-६ तथा लालबहादुरले प्रेम सिंहलाई ११-१, ३-११, ११-४ र ११-९ को सेटमा पाखा लगाए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


from ARENA http://ift.tt/1J8G33K
via IFTTT

0 comments:

Post a Comment

add

 
Top