Photo of Milford Sound in New Zealand

२० मंसिर। धनुषाका पुष्पेन्द्रकुमार गोईत र नेपाल प्रहरीकी चन्द्रकला लामगादेले एथलेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा पुष्पेन्द्र र चन्द्रकलाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
पुरुषको लङजम्पमा पुष्पेन्द्रले ७.०९ मिटर छलाङ लगाउदै कृष्णबहादुर गिरीले बनाएको ७ मिटरको कीर्तिमान भंग गरे । कृष्णले सन् १९९९ मा आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका लागि आयोजित छनोट प्रतियोगितामा कीर्तिमान रचेका थिए ।
चन्द्रकलाले महिलाको सटपुट (छेलो) मा १०.७५ मिटर फाल्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । चन्द्रकलाले १९८६ मा वीरगन्जमा भएको राष्ट्रिय एथलेटिक्समा मन्जु श्रेष्ठले कायम गरेको १०.६९ मिटरको कीर्तिमान तोडेकी हुन् ।
चालू प्रतियोगितामा चन्द्रकलाको यो दोश्रो कीर्तिमान हो । पहिलो दिन बिहीबार चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै ज्याभ्लिनमा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेकी थिइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ४९.७ सेकेन्ड समय खर्चे । महिलातर्फ पीएफकी दिलमाया कार्की ५८.८ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् ।
महिला लङजम्पमा आर्मीकी कृष्णा चौधरी ५.२६ मिटर हामफाल्दै पहिलो भइन् । पुरुष सटपुटमा आर्मीका राजेन्द्र बस्नेत पहिलो भए । उनले १३.८७ मिटर टाढा फाले ।
पुरुष ४ सय मिटर हर्डल्स (बाधा दौड) मा शीर्ष तीन स्थानमाथि आर्मीकै खेलाडीले कब्जा जमाए । ५७.५ सेकेन्ड समयसाथ अशोक कुँवर पहिलो भए । महिलामा १ मिनेट १३.२ सेकेन्ड समय निकालेकी आर्मीकी दुर्गा देवकोटा पहिलो भइन् ।


from ARENA http://ift.tt/21G3SWP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top