Photo of Milford Sound in New Zealand

पुष ९।  धरानमा सुरु भएको ‘सूर्य नेपाल इष्टर्न ओपन गल्फ’ प्रतियोगिताको पहिलो दिनको खेलमा साविक विजेता सञ्जय लामा अग्रस्थानमा देखिएका छन् ।
धरानस्थित निर्माण कन्ट्री क्लव एण्ड हेल्थ रिसोर्टको मैदानमा आज भएको खेलमा ३ अण्डर ६७ स्कोर खेल्दै लामाले अग्रस्थान ओगटेका हुन् । दोस्रो नम्बरका प्रोफेसनल गल्फरलामाले फ्रन्ट नाइनमा ५ अण्डर ३० को कार्ड बनाए भने ब्याक नाइनमा २ ओभर ३७ स्कोर खेल्दै अग्रस्थान सुरक्षित गरे ।
उद्घाटन खेलमा २ अण्डर ६८ स्कोर बनाउँदै धरानका गल्फर बलभद्र राई (मणि) दोस्रो स्थानमा छन् । राईले फ्रन्ट नाइनमा ३ ओभर ३८ को कार्ड बनाएका थिए भने ब्याक नाइनमा ५ अण्डर ३० को कार्ड बनाए ।
त्यस्तै, तीन दिवसीय खेलको सुरुवात खेलमा नेपालका नम्बर वान गल्फर शिवराम श्रेष्ठ र भुवन नगरकोटी समान १ अण्डर ६९ स्कोरका साथ तेस्रो स्थानमा छन् ।
प्रतियोगितामा २३ जना एमेच्योर खेलाडीहरु र २७ जना प्रोफेसनल खेलाडीहरु सहभागी छन् ।
नेपाल प्रोफेसनल गल्फ एसोसिएसनको आयोजनामा तथा सूर्य नेपालले प्रायोजन गरेको प्रतियोगिताको विजेताले नगद १ लाख, दोस्रोले ६३ हजार र तेस्रोले नगद ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


from ARENA http://ift.tt/1MxbzmO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top