Photo of Milford Sound in New Zealand

पुष १।  भारतमा हुने १२ अैं दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिने १० नेपाली बक्सिङ खेलाडी छनोट भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले ७ स्पर्धा तथा १७ महिलाले ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएको बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्माले जनाकारी दिएका छन् ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४८-५१ केजीमा नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङ पहिलो भइन् । फाइनलमा मीनुले नेपाल प्रहरी क्लब ‘बी’ की दिवाना शेर्मालाई पराजित गरिन् ।
५७-६० केजीमा एपीएफ ‘ए’ की सरस्वती राना मगरले आर्मी ‘ए’ की निरु गुरुङ तथा ६९-७५ केजीमा एपीएफ क्लब ‘बी’ की संगीता सुनारले एपीएफ ‘ए’ की प्रमिला पाण्डेलाई हराउदै पहिलो स्थान हात पारे ।
पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवा पहिलो भए । फाइनलमा उनले बाजुराका गणेश बोहरालाई पाखा लगाए । ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले फाइनलमा नक्साल ‘ए’ का शक्ति लामालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । ५६ केजीमा प्रहरी ‘ए’ का दिनेश श्रेष्ठले आर्मी ‘ए’ का अर्जुन सिगुलाई निराश पार्दै पहिलो भए ।
त्यस्तै पुरुष ६० केजीमा दानबहादुर दर्लामी पहिलो भए । उनले फाइनलमा प्रहरी ‘ए’ भूपेन्द्र थापालाई हराए । ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठ पहिलो भए । उनले फाइनलमा नक्साल ‘ए’ का निभास तण्डुकारलाई पराजित गरे ।
६९ केजीको फाइनलमा एपीएफ ‘ए’ का विकास लामाले ललितपुर ‘ए’ का उमेश रिजाललाई पाखा लगाउँदै पहिलो स्थानमा रहे । ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले आर्मी ‘बी’ का महेन्द्र केसीलाई फाइनलमा पराजित गर्दै सागका लागि छनोट हुने अन्तिम मुक्केवाज बनेका छन् ।


from ARENA http://ift.tt/1O7Vo6Q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top