Photo of Milford Sound in New Zealand

मंगसिर २१।  जुम्लाको विकट गाविस मालिकाठााटा-९ खोप्रीगाउामा जन्मेकी विष्णुमाया बुढाले हङकङमा भएको एम्सिग लाङ्टाउ पााच किमी भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।
उनले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर प्रथम स्थान हात पारेकी हुन् । प्रथम स्थान प्राप्त गरेकी उनले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । दौडमा फ्रान्स, केन्या र हङकङकी महिलाले क्रमशः द्वितीय, तृतीय र चौथो स्थानमा रहेका थिए ।
त्यसैगरी आइतबार भएको ५० किमी एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा भने बुढाले चौथो स्थान हात पारेकी छन् । यसमा भने उनले एक हजार हङकङ डलरमा चित्त बुझाउनु परेको छ । बुढाले पहिलोपटक विदेश यात्रा र खेलमा सहभागी भएको पहिलो मौकामा नै प्रथम स्थान हात पारेकी हुन् । दुई साताअघि पनि उनले मनास्लुको म्याराथुनमा २२० किमीमा प्रथम सुरक्षित गरेकी थिइन् ।
मनास्लु म्याराथुनमा पुरुषतर्फ जुम्लाकै दीपेन्द्रबहादुर बमले प्रथम स्थान हासिल गरेको अध्यक्ष शाहीको भनाइ छ । विष्णुमायालाई हङकङको एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा सहभागी गराउन नेपाल टे्रल रनिङले स्पोन्सर गरेको क्लबका सल्लाहकार नारायण आचार्यले बताए । बुढालाई कर्णालीका हिमचितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिादै आएका थिए । रासस


from ARENA http://ift.tt/1QqapPZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top