Photo of Milford Sound in New Zealand

पुष १०।  धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

पार ७० को निर्वाण कन्ट्री क्लब धरानको गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा नेपालका नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछाडि पार्दै नगरकोटीले उपाधि चुमेका हुन् ।

अन्तिम दिन तीन अन्डर पार ७० को स्कोर बनाएका नगरकोटीलेकुल चार अन्डर २ सय ६ को स्कोरकार्डका साथ उपाधिसहित एक लाख रुपैयाँ हात पारेका छन् ।

उपविजेता शिवरामले ६३ हजार रुपयाँ जित्दा इभन पार २ सय १० को स्कोरकार्डका साथ तेस्रो भएका सञ्जय लामाले ४५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, एमेच्योरतर्फ दुई अन्डर पार दुई सय आठको स्कोरकार्डका साथ धरानका शिवकुमार माझी पहिलो भएका छन् ।

प्रतियोगितामा ६ एमच्योरसहित २८ गल्फरले प्रतिस्पर्धा गरेका थिए । 


from ARENA http://ift.tt/1OdW48W
via IFTTT

0 comments:

Post a Comment

add

 
Top