Photo of Milford Sound in New Zealand

पुष १६। ‘फाइबर टु द होम’ इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले उच्च गतिको ‘फाइबर होम रस’ सेवा ल्याएको छ ।
दुई एमबीपीएस स्पीडको यो इन्टरनेट सेवामा स्पीड बुस्ट सुबिधा रहेको छ । जसअनुसार प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुरुप स्पीड १० एमबीपीएससम्म बढाउन सक्नेछन् ।
फाइबर होम रसको साथमा प्रतिमहिना १८ सय रुपैयाँमा ८० जीबी डाटा पाइने छ । साथै, बाषिर्क ग्राहक बने वापत ६ महिनासम्मको डाटा निःशुल्क पाइने छ ।
कम्पनीले नयाँ वर्षको अवसरमा हरेक होम प्याकेज ग्राहकका लागि एक महिनाको इन्टरनेट सेवा निःशुल्क गरेको जनाएको छ । यो योजना जनवरी २०१६ सम्म लागु हुनेछ ।
कम्पनीले अझै राम्रो सुविधा र दरमा नयाँ ‘सोहो’ प्याकेज पनि ल्याएको छ । कम्पनीले फाइबर अप्टिक्स सेवा काठमाडौं र ललितपुरका लगभग सबै क्षेत्रमा प्रदान गदै आएको छ ।


from SHYANE http://ift.tt/1OyAxtx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top