Photo of Milford Sound in New Zealand

अमेरिकामा बस्ने नेपालीले बनाएको सामाजिक संजाल सगुन डटकम sagoon.comले एक पछि अर्को फिचर सार्वजनिक गर्दै फेसबुक र ट्यूटरसँग प्रतिस्पर्धा गर्न तयारी थालेको दावी गरेको छ ।
पछिल्लो समयमा बढिरहेको सामाजिक सञ्जालको प्रयोगबारे व्यापक अनुसन्धान गरेरबनाइएको फरक र नयाँ फिचरसहितको ‘सोसल साइट’ले बर्षेनी नयाँ–नयाँ फिचरहरु सार्वजनिक गरिरहेको छ ।
सगुनको ‘१.० बेटा भर्सन’ गत बर्ष अमेरिकाबाट अभिनेत्री मनिषा कोइरालाले ‘लन्च’ गरेकी थिइन् । गत कात्तिक २२ मा नेपालमै आयोजित कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसको ‘२.० भर्सन’ ‘ग्लोबल लन्च’ गरे ।
अहिलेसम्म यसका प्रयोगकर्ता तीन लाखको हाराहारी पुगिसकेको नेपालका आइटी प्रमुख राजु कट्टेलले बताए । उनका अनुसार यसको प्रयोगकर्ता नेपालीका साथै भारत र विश्वका विभिन्न मुलुकका नागरिक छन् ।
‘सगून नेपालमामात्रै होइन, भारत, अरेबियन देश र दक्षिण अमेरिकामा पनि प्रचलित शब्द हो’ सगून, नेपालका मिडिया को–अर्डिनेटर अजय शिवाकोटीले भने, ‘त्यसैले सगून चयन गरिएको हो । यो नेपाली फ्लेबरको नाम भएपनि विश्वभर ब्रान्डिङ गर्न सकिन्छ भन्ने अनुसन्धानको क्रममा देखिएको छ ।’
विश्वभर चर्चामा रहेका अन्य सोसल साइटहरु भन्दा पृथक फिचर र विविध सुविधाहरुका कारण केही बर्षमै फेसबुक तथा ट्यूटरहरुसँग प्रतिस्पर्धा गर्न सकिने सगुन टिमको दावी छ । जे पायो त्यही पोस्ट गर्ने अहिलेका सामाजिक सञ्जालको प्रवृत्तिबाट टाढा रहन सगुनले चाहेको आइटी प्रमुख राजु कट्टेल बताउँछन् ।
त्यसैले यसमा ‘क्यारेक्टर लिमिटेसन’ छ । यसले २ सय २० अक्षरमात्रै लेख्न दिन्छ । ‘छोटो शब्दमा गहन अभिव्यक्ति वा महत्वपूर्ण सूचना आओस् भन्ने हाम्रो चाहना हो । हामी त्यस्तो प्रवृत्तिको विकासमा अभियान नै चलाउनेछौँ । अहिले म यहाँ चिया पिइरहेको छुजस्ता अभिव्यक्ति सेयर गर्नुको कुनै अर्थ हुँदैन भन्ने हाम्रो मान्यता छ । त्यसैले गुणस्तरीय अभिव्यक्तिमा हामीले जोड दिनेछौं । त्यसका लागि सेक्रेट्स गाइडलाइन पनि निर्माण गर्दैछौं,’ उनले भने ।
सामाजिक सञ्जालमा सेयर गरिने ‘न्यूज लिंक’को लागि छुट्टै ‘अप्सन’ निर्माण गर्न लागिएको मिडिया संयोजक शिवाकोटीले जानकारी दिए । ‘अहिले अनलाइन मिडियाले आफ्नो न्यूज सेयर गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेका छन् । त्यसका लागि हामीले छुट्टै अप्सनमार्फत सहज बनाउने कार्य हुँदैछ,’ उनले भने । अन्य थुप्रै सुविधाहरु सगुले सार्वजनिक गरेको छ ।

कनेक्ट, शेयर एण्ड अर्न
सगुन sagoon.com को नारा हो ‘कनेक्ट, शेयर एण्ड अर्न’ । यसको अर्थ यसमा सामाजिकीकरणका गतिविधिमात्रै हुने छैनन आम्दानीका स्रोत पनि हुनेछन् । ‘अन्य सामाजिक सामाजिक सञ्जालले केवल आफ्ना भावना शेयर गर्ने अप्सनमात्रै दिन्छन् । तर सगुनले इ–कमर्सलाई पनि साथै लैजाँदै छ’ आइटी प्रमुख कट्टेल भन्छन ‘यसमा धेरै केही गर्न लागेको होइन, सामाजिक सञ्जालबाट प्राप्त हुने आम्दानीको केही प्रतिशत सदस्यलाई पनि बाँड्ने अवधारणा हो यो । तर पैसा नै बाँड्ने होइन, स्मार्ट कार्डमार्फत सुविधा प्रदान गर्ने योजनामा छौं । नेपालमा पनि कार्डको प्रयोग विस्तारै बढ्दैछ । विकसित देशमा त कार्ड नै विनिमयको माध्यम बनिसकेको छ । त्यसैले यसको अवधारणा विकसित मुलुकमा धेरै मन पराइएको छ ।’
मुड टक र सुरक्षित च्याटिङ
सगुनले च्याटिङ सिस्टमलाई ‘मूड टक’ नाम दिएको छ । मानवीय संवेदनामा जोड दिएर ‘मूड टक’ नाम दिइएको छ । मान्छेको मूड नबुझी कुरा गर्न खोज्नेलाई निरूत्साहित गर्न खोजिएको छ । यसमा मूड सेट गर्न मिल्छ । त्यसैअनुसार अरूले कुरा गर्दा जुनसुकै बेला जे बिषयमा पनि कुरा गरेर दिक्क पार्ने च्याटिङ प्रवृत्ति निरूत्साहित हुन्छ भन्ने विश्वास लिइएको छ । यसमा च्याट र म्यासेजमा गोपनियतालाई विशेष जोड दिइएको छ । व्यक्तिगत रूपमा पठाइएको म्यासेज सम्बन्धितले हेरिसकेपछि आफैं मेटिन्छ । यसमा निजी जीवनको अधिकारलाई उत्तिकै ध्यान दिइएको छ ।
माइ डे
सामाजिक सञ्जालको जुन लत विकास भइरहेको छ, त्यसलाई निरूत्साहित गर्ने योजना सगुनको रहेको छ । अनावश्यक रूपमा सञ्जालमा अल्झिरहने भन्दा पनि दैनिक काममा सहायक हुने ‘टुल्स’ यसमा विकास गरिएको । दैनिक गर्नुपर्ने काम सम्झाउने टुल्स यसमा प्रयोग गरिएको छ । यसअन्तर्गत गर्नुपर्ने कामको सूची, समय सूची र सम्झाउने ‘रिमाइन्डर’ सेट गर्न मिल्छ । अहिले त्यस्तो ‘नोटिफिकेसन’ इमेलमा जाने बनाइएको छ । पछि एसएमएस नै जाने प्रणालीसमेत विकास हुनेछ ।
सेक्रेट्स सेयरिङ
यसमार्फत व्यक्त गरिने विचार वा सूचनालाई ‘सेक्रेट्स’ नाम दिएको छ । ‘सेक्रेट्स’ दुई तरिकाले पोस्ट गर्न सकिन्छ, सबैले हेर्न मिल्ने गरी र निश्चित व्यक्ति, परिवार वा समूहले मात्रै हेर्न मिल्ने गरी । ‘परिवारका सदस्यलाई मात्रै कुनै जानकारी दिनुपरेमा वा आफ्नो कुनै समूहमा मात्रै सूचना दिनुपरेमा यो सुविधा बढी प्रभावकारी हुन्छ ।
त्यसको लागि साथी बनाउँदा नै त्यसको वर्गीकरण गर्ने सुविधा यसमा साथी बन्दा फ्यामिली, को–वर्कर्स वा फ्रेण्डस्मध्ये एउटा वर्गमा राख्ने सुविधा छ । त्यसैका आधारमा लक्षित सेक्रेट्स लेख्न सकिन्छ । फ्यामिलीलाई लक्षित गरिएको सेक्रेट्स फ्रेण्डस् वा को–वर्कर्सले हेर्न पाउँदैनन् । त्यसैगरी आफूले अभिव्यक्त गरेको विचारलाई यसले एकै ठाउँमा संकलन गरिदिन्छ । ती सबै ‘माइ सेक्रेट्स’ अन्तर्गत हेर्न सकिन्छ । अरूको विचारचाहिँ ‘ओपन सेक्रेट्स’मा देखिन्छ ।
त्यसैगरी यसमा आफूले व्यक्त गरेको विचारलाई सहजै वर्गीकरण गर्न पूवनिर्धारित ह्यासट्यागको सहज प्रयोग गर्न सकिन्छ । त्यस्ता ह्यास ट्यागको सूची ‘हट सेक्रेटस’ अन्तर्गत खाताको दायाँतर्फ देखिन्छ । त्यसको छनोट गरेर आफूले चाहेको बिषयमा लेखिएका ‘सेक्रेट्स’मात्रै हेर्न पाउने सुविधा पनि यसमा छ ।
डिस्लाइक अप्सन
सामाजिक सञ्जालमा पहिलोपटक कबनययल ले डिस्लाइक अप्सन दिएको छ । अभिव्यक्तिलाई शेयर गर्ने र लाइक गर्ने अप्सनलाई अन्यमा जस्तै निरन्तरता दिइएको छ ।
सन् २०१६ मा एप्स
प्रारम्भिक चरणमा सिमित एप्स भएपनि त्यसलाई छिट्टै विस्तार गर्ने अभियानमा कम्पनी रहेको छ  । मोबाइल एप्स सन् २०१६ को सुरुवातमै लन्च हुँदैछ । त्यसैगरी स्मार्टकार्डको सुविधा पनि छिट्टै सुरु गर्ने योजनामा कम्पनी रहेको छ । पाँच लाख यूजर पुगिसकेपछि यसमा सिलिकन भ्यालीलगायत अन्य क्षेत्रबाट लगानी भित्राउने योजना छ । त्यससँगै यसका पाइपलाइन प्रोजेक्ट अघि बढ्नेछन् कम्पनीले यस्ता एप्सको परीक्षण गरिरहेको छ, जसले मानिसको जीवनलाई निकै सहज र व्यवस्थित बनाउनेछ । कतिसम्म भने सगूनको एप्स चलाएपछि मोबाइल नै चार्ज गर्न नपर्नेसम्म बनाउने योजनामा काम भइरहेको छ । यस कार्यमा अनुसन्धान सफल पनि भइसकेको छ ।
नेपाली उत्पादन विश्वभर
सगुनsagoon.comको विशेषता भनेको यो नेपाली उत्पादन हो । अमेरिकाबाट सुरु भएको भए पनि यसका सुरुवातकर्ता नेपाली हुन् । शब्द पनि नेपाली प्रयोग गरिएको छ । तर यसको प्रयोग विश्वव्यापी हुनेछ । यसले नेपालीले पनि विश्वव्यापी उत्पादन गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि सहयोग पुर्याउने कम्पनीले विश्वास लिएका छ । यसको अहिले नै भारत र अमेरिकामा कार्यालय र ल्याब छ । त्यसलाई विश्वभर पुर्याउने योजनामा कम्पनी छ ।
२० बर्षअघि अध्ययनका लागि अमेरिका गएका संखुवासभाका गोविन्द गिरीले बाह्र बर्ष सिस्टम इन्जिनियरका रूपमा अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा गरेर  ‘सगून सर्च इन्जिन’ बनाएका हुन । अनुसन्धानलाई आधार बनाएर अहिले चलिरहेका अन्य सामाजिक सञ्जालभन्दा फरक र नयाँ फिचरसहित ‘सोसल साइट’ सुरु गरेका हुन् । 


from SHYANE http://ift.tt/1mz3n0r
via IFTTT

0 comments:

Post a Comment

add

 
Top