Photo of Milford Sound in New Zealand

पुष १।   यहि पुस ८ गतेदेखि भारतको केरलामा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार बंगलादेशको ढाका गएको छ ।

ढाकामा ३ दिने बन्द प्रशिक्षणमा सहभागी भइ टोलीले पुस २ गते बंगलादेशको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्नेछ । ढाकाबाटै नेपाली टोली साफ प्रतियोगिता खेल्न आयोजना स्थल भारत जानेछ

अनिल गुरुङको नेतृत्वमा २० सदस्यीय नेपाली टोली बंगलादेश गएको हो । अनिलले पछिल्लो समय नेपाली फुटबल कठीन अवस्थामा रहेको भन्दै नेपाली फुटबललाई नयाँ उचाइ दिन प्रतियोगितामा आफूहरुले राम्रो प्रदर्शन गर्ने बताए ।

प्रतियोगितामा आयोजक भारत र श्रीलंकासहित नेपाल समूह ‘ए’मा रहेको छ । 


from ARENA http://ift.tt/1UxoonI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top