Photo of Milford Sound in New Zealand


पुस ६ । प्रदेश सीमांकनको मुद्दा उठाएर मधेसी मोर्चाले आन्दोलन लम्ब्याईरहेको बेला प्रधानमन्त्री केपी ओलीले पूर्वका विवादित तीन जिल्ला तलमाथि गर्न नसकिने प्रष्ट पारेका छन् ।
एमाले सुनसरीको दोस्रो जिल्ला परिषद भेलाको आज इटहरीमा उद्घाट्न गर्दै प्रधानमन्त्री ओलीले झापा, मोरङ र सुनसरी विभाजित हुन नदिने अडान दोहोर्‍याए। मेची र कोशी अञ्चलका एउटा वडा पनि दायाँ–बायाँ नहुने उनको भनाइ थियो ।
मधेस आन्दोलनको नाममा भईरहेको अराजकता र वितण्डा सरकारले धेरै सहेको भन्दै प्रधानमन्त्री ओलीले अब सरकार चूप लागेर नबस्ने बताए ।
उनले केही मधेसी दलहरुको माग सम्बोधन गर्न सरकारले हदैसम्म लचकता अपनाएको र अब पनि उनीहरु (मधेसी मोर्चा) आन्दोलन रोकेर सहमतिमा नआए सरकार चूप लाग्न नसक्ने उनले बताए ।


from SHYANE http://ift.tt/1YxkziP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top