Photo of Milford Sound in New Zealand

पुष १३। चितवनको सौराहामा जारी १२ औं हात्ती महोत्सव अन्तर्गत आज ‘फास्ट वाक’ अन्तर्गतको खेलमा १० वटा हात्तीले दोस्रो चरण पार गरेका छन् ।
आज दुई चरणमा सम्पन्न खेलमा प्रत्येक समूहबाट एक÷एक हात्ती बाहिरिएका छन् ।
आजै भएको गाडा दौडमा १५ गाडा मध्ये ९ वटा गाडादोस्रो चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै टाँगा दौडमा १२ वटा टाँगा सहभागी रहेकोमा ६ वटा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
हात्तीका छावाहरुको फुटबल प्रतियोगितामा सिजीले बुद्ध एयरलाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । भोलिको खेलमा प्रभु बैंक र नविल बैंकबीच प्रतिस्पर्धा हुने जनाईएको छ । यी दुई बीचको बिजेताले फाईनलमा सिजी फुडसँग प्रतिस्पर्धा गर्नेछ ।
महोत्सव अन्तर्गत भोलि हात्ती फास्ट वाक, गाडा, टाँगा र दौडका बाँकी खेलहरु पनि हुने छन् । गत वर्षबाट थप गरिएको हात्ती पिकनिक पनि भोलि नै हुने आयोजक क्षेत्रीय होटल संघले जनाएको छ ।


from ARENA http://ift.tt/1Pr5dKh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top