Photo of Milford Sound in New Zealand

मंगसिर २२।  आसन्न आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत् नेपालले समूहको पहिलो खेलमा न्यूजिल्यान्डको सामना गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले सोमबार बंगलादेशको ढाकामा यु–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजानिक गरेको हो ।

तालिकाअनुसार नेपालले आफ्नो दोस्रो खेलमा अष्ट्रेलियाकोसामना गर्ने भएको छ । यस्तै, समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतको सामना गर्ने छ ।

विश्वकपअधि नेपालले तयारीस्वरुप पाकिस्तान र श्रीलंकासँग अभ्यास खेल खेल्ने छ ।

विश्वकपमा छनोट भएका सबै १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल भारत, अष्ट्रिेलिया र न्यूजिल्यान्डसहित ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘डी’मा परेको छ ।

प्रत्येक समूहका विजेता तथा उपविजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् भने समूहका पुछारमा रहेका ८ टोलीले ‘प्लेट च्याम्पियनसिप’ खेल्ने छन् । आगामी जनावरी २७ देखि १४ फ्रेबुअरीसम्म बंगलादेशमा यु–१९ विश्वकप क्रिकेट आयोजना हुँदैछ ।


from ARENA http://ift.tt/1YVmBv1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top