Photo of Milford Sound in New Zealand

मंगसिर २२।  गंगटा युवा क्लवले राजधानीमा तेश्रो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता गर्दै आइरहेको क्लवले पुस २ देखि ४ गतेसम्म अन्नपूर्ण ब्याडमिन्टन एकेडेमी धापासीमा प्रतियोगिता आयोजना गर्ने भएको हो ।
क्लवले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । प्रतियोगितामा पुरुष जोडी, पुरुष एकल, भेट्रान जोडी, मिक्स डवल र १४ बर्ष मुनिको उमेर समुहमा पुरुष एकल गरी पाँच विधामा प्रतिस्पर्धा गराउने क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष विरेन थापाले हरेक बर्ष आयोजना हुँदै आइरहेको प्रतियोगितामा विधा र पुरस्कार राशी बढाउँदै लगेको बताए । क्लवको उद्देश्य युवाहरुमा खेलकुदको भावना विकास गर्नु भएको बताउँदै उनले देशभरबाट धेरैभन्दा धेरै युवाहरुको सहभागिता गराइने बताए ।
प्रतियोगितामा पुरुष जोडीमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ५-५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, पुरुष एकलमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले ५-५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।
भेट्रा डबलमा पहिलोलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ५-५ हजार पुरस्कार राशी रहेको छ । मिक्स डबलतर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ५-५ हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी १४ बर्ष मुनिका पुरुष एकलमा प्रथमलाई १५ हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई २-२ हजार पुरस्कार प्रदान गरिने छ ।
‘हामी स्वतस्फुर्त रुपमा आफ्नै खर्चमा हरेक बर्ष प्रतियोगिता आयोजना गरिरहेका छौं’ थापाले भने- ‘हामी अर्काे वर्षदेखि पाँच विकास क्षेत्रमा नै क्षेत्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छौं ।


from ARENA http://ift.tt/1XXukXe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top