Photo of Milford Sound in New Zealand

पुष ७।  न्यूजिल्याण्डका केन विलियम्सन विश्व नम्बर एक टेष्ट ब्याटम्यान बनेका छन् । आईसीसीले सोमबार जारी गरेको नयाँ टेष्ट र्‍याकिङमा विलियम्सन शीर्ष स्थानमा छन् ।
शतकीय पारी खेल्दै श्रीलंकाविरुद्धको हमिल्टन टेष्टमा जिताएपछि केनले विश्व वरियतामा जोए रुट रर एबी डिभिलिर्सलाई समेत उछिनेका छन् ।  यससँगै उनी आईसीसीको टेष्ट वरियतामा शीर्ष स्थानमा पुग्ने न्यूजिल्याण्डका पहिलो ब्याट्सम्यान बनेका छन् ।
सिड्नी पार्कमा टीमलाई जित दिलाउने क्रममा २५ वर्षका विलियम्सनले अविजित १०८ रन बनाए ।  यो वर्ष केन विलियम्सनको पाँचौं टेष्ट शतक हो र, न्यूजिल्याण्डका लागि आफैंमा रेकर्ड समेत हो । उनले एक क्यालेन्डर वर्षमा न्यूजिल्याण्डका लागि सर्वाधिक रनको कीर्तिमान पनि बनाए ।
२०१५ मा ९० भन्दा बढी औषतमा रन बनाएका विलियम्सन ८८९ अंकका सात शीर्ष स्थानमा छन् । ईग्ल्याण्डका जोए रुट दोस्रो र दक्षिण अफि्रकाका एबी डिभिलिर्स तेस्रो स्थानमा छ ।
यसैगरी अष्ट्रेलियाका स्टिभ स्मिथ चौथो र डेभिड वार्नर पाँचौं स्थानमा छन् । भारतका कुनै पनि ब्याट्सम्यान शीर्ष १० मा पर्न सकेनन् । पाकिस्तानका युसुन खान छैटौं, दक्षिण अफि्रकाका हसिम अमला सातौ, श्रीलंकाका एन्जेलो म्याथु आठौं, इंग्ल्याण्डका एलिस्टर कुक नवौं र पाकिस्तानका मिसवा उलहक १० औं स्थानमा छन् ।
बलिङतर्फ दक्षिण अफि्रकाका डेल स्टन शीर्ष स्थानमा छन् भने भारतका आर अश्विन दोस्रो स्थानमा छन् । इंग्ल्याण्डका जेम्स एण्डरसन तेस्रो, पाकिस्तानका यारिस शाह चौथो र इंग्ल्याण्डका स्टुआर्ड ब्रोड पाँचौं स्थानमा छन् ।


from SHYANE http://ift.tt/1S6xN6b
via IFTTT

0 comments:

Post a Comment

add

 
Top