सियोल, ३१ बैशाख, उत्तर कोरियाले फेरि पनि ब्यालेस्टिक मिसाइल परीक्षण गरेसंगै अब भने युद्ध नै विकल्प हो कि भन्ने मनस्थितिमा अमेरिका पुगेको छ । संयुक्त राष्ट्रसंघलेसमेत निरन्तर चेतावनी दिंदासमेत उत्तर कोरियाले अटेर गर्दै आएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ ।
झण्डै सात सय किलोमिटर परसम्म पुगेको मिसाइल परीक्षण गरिएको बीबीसीले जनाएको छ । उत्तर कोरियासंग वार्ताका लागि दक्षिण कोरिया र अमेरिका पनि तयार हुँदै गर्दा उत्तर कोरियाले भने चुनौती दिंदै आएको छ । उत्तर कोरियाको निरन्तर परीक्षणले दक्षिण कोरियालाई चिन्ता परेको छ ।
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qgfeG1
via IFTTT
0 comments:
Post a Comment