Photo of Milford Sound in New Zealand

३१ बैशाख, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा ले मतदाताको हौसलाका कारण आफू अबको चुनावमा पक्का उमेद्बार बन्ने बताएकी छिन् ।

उनले काठमाण्डौं महानगरपालिका ७ चाव्हिल स्थित पशुपति क्यापस मतदान केन्द्रमा पुगेर भोट हालेकी हुन् ।

मतदानपछि कुराकानी गर्दै राप्रपा केन्द्रीय सदस्य समेत रहेकी रेखा थापा ले आफूलाई कतिपय मतदाताले अझै उमेद्बार सम्झिएको भन्दै खुशी पनि व्यक्त गरिन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा उमेद्बार बन्ने चर्चा चलेपनि पछि राप्रपाले नेकपा एमालेसँग तालमेल गरेपछि उनको नाम काटिएको थियो ।

‘म भोट हाल्न जाँदा मतदाताको जुन उत्साह थियो त्यसले मलाई निकै हौसला मिलेको छ, रेखा थापा ले भनिन्, म अहलिे पनि पूर्णतया चुनावको तयारी गरिरहेको छु, सकभर केन्द्रमा त्यस्तै पर्यो भने प्रदेशको चुनावमा पनि म उठ्छु ।

उनले आफूलाई माया गर्ने मतदाताले भावी चुनावमा मतदान गर्न पाउने दाबी पनि गरिन् । उनले आफ्नो फिल्मी करियरलाई पनि सँगै लैजाने बताइन् । फिल्ममार्फत पनि क्रान्तिका विषयलाई उठाउँदै अघि बढ्ने उनको भनाई छ । – NepaliHeadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2reHnKP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top