Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ भदौ । संजय लिला भन्सालीको आगामी फिल्म ‘पद्मावती’ रिलिज भन्दा अघिनै निकै चर्चामा आएको छ । फिल्मको काहानीका विषयमा भएको विवाद, रिलिज डेट सारिएको विषयमा चर्चा हुँदै आएका छन् ।

फेरि एकपटक यो फिल्म चर्चामा आएको छ । फेरी चर्चामा आउनुको कारण हो, फिल्मले बनाएको नयाँ रेकर्ड । भारतीय संचार माध्यमले ‘पद्मावती’ले एसएस राजामौलीको फिल्म ‘बाहुबली–२’ को रेकर्ड तोडेको जनाएका छन् । यो फिल्म ‘बाहुबली–२’ भन्दा ५०० बढी हलमा रिलिज हुनेछ । भन्सालीको यो फिल्म ‘बाहुबली’ जस्तै ठूलो बजेट र भव्य हुनेछ ।

केही समय अघि रानी पद्मावतीको विवादस्पत काहानीलाई दिएर विरोध समेत भएको थियो । फिल्मको सुटिङ रोक्नका लागि सेट तोडफोड समेत गरिएको थियो । जसका कारण फिल्मको चर्चा भएको थियो ।

यो फिल्मले रिलिज अगावै केही रेकर्ड तोडिसकेको छ । ‘बाहुबली–२’ भन्दा ५०० बढी अर्थात ८ हजार स्क्रिनमा यो फिल्म रिलिज हुने छ । यो बलिउडमा नयाँ रेकर्ड समेत हो ।

यो फिल्म १८ नोभेम्बर २०१७ मा रिलिज हुने बताइएको थियो । तर, अहिलेसम्म फिल्मको ७५ प्रतिशत मात्रै काम सकिएकाले रिजिज डेट सरेको छ । आगामी बर्ष फिल्म रिलिज हुनसक्ने बताइएको छ ।

फिल्म अल्लाउद्दीन लिजी र रानी पद्मावतीको कथामा बनेको छ । जसको रोल रणवीर सिंह र दीपिका पादुकोणले निभाइरहेका छन् । फिल्ममा राजा रतन सिंहको रोल शाहिद कपुरले निभाइहेका छन् ।

यो फिल्मबाट दीपिकाले परिश्रमिक समेत बढाएकी छन् । उनले फिल्मबाट ११ करोड पारिश्रमिक लिने बताइएको छ । ‘पद्मावती’ को बजेट १७५ करोड हो । जसमध्ये १२ करोड क्लाइमेक्स सिनमा खर्चने तयारी भएको छ । एजेन्सी

The post यो हो २०१८ को सबैभन्दा ठूलो फिल्म, रिलिज अघि नै तोड्यो ‘बाहुबली–२’ को रकेर्ड… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x17xGv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top