Photo of Milford Sound in New Zealand

झरना थापाको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ ले एकदमै राम्रो ब्यापार गरेको छ । पहिलो चलचित्रमा नै सफलता हात पारेपछि नायिका झरना थापा उत्साहित भएकी छिन् । चलचित्र प्रदर्शनमा आउनुपूर्व एकदमै नर्भस उनी अहिले भने अत्यन्तै खुसी देखिन्छिन् ।

चलचित्र यति धेरै चल्छ भन्ने उनले सपनामा पनि सोचेकी रहेनछिन् तर चलचित्रले पहिलो सातामा नै लगानी उठाएपछि उनी अहिले ढुक्क भएकी छिन् । एक मिडियासँगको कुराकानीमा झरनाले भनिन्, ‘पहिलो चलचित्रले मलाई एकदमै धेरै उर्जा दिएको छ । दर्शकहरुले यसरी अत्याधिक रुपमा मनपराउनुहुन्छ भनेर मैले सोेचेको पनि थिईन । दर्शकहरुले मलाई मन पराउनुहुन्छ भन्ने कुरा त थाहा थियो तर एक सातामै मेरो लगानी उठ्ने गरेर दर्शकहरु ओईरो लाग्जुहुन्छ भन्ने मैले अलिकति पनि सोचेको थिईन ।’

यस्तै एक फरक प्रसङ्गमा झरनाले भनिन्, ‘सलिनमानको काम गर्ने शैली मलाई एकदमै मन परेको छ । हाम्रो अर्को प्रोजेक्टमा सलिन हामीसँगै काम गर्नेछ । चाडैँनै हामीले नयाँ चलचित्रको पनि पत्रकार सम्मेलन गरेर जानकारी गराउने छौँ ।’

१ करोडभन्दा बढिको लागतमा बनेको चलचित्रले पहिलो सातामा आफ्नो लगानी उठाएको थियो भने दोश्रो साता नाफाको ब्यापार गरिरहेको छ । सुनिल कुमार थापाको लगानीमा बनेको चलचित्र सुहाना इंटरटेनमेन्टको ब्यानरमा बनेको हो । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, बुद्धि तामाङ, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।gazzabkoonline

The post झरनालाई मिल्यो नसोचेको सफलता, अब अर्को फिल्म बनाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eZjKSf
via IFTTT
14 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top