Photo of Milford Sound in New Zealand

भदौ २८, २०७४ दाङ : मोटरसाइकल दुर्घटनामा बाबु-आमाको मृत्यु भएपछि ८ वर्षीय छोराले दागबत्ती दिएका छन्। दाङ शान्तिनगर गाउँपालिका-३ का ३० वर्षीय ढकबहादुर केसी र उनकी २९ वर्षीया श्रीमती सिता केसी सवार मोटरसाइकललाई आइतबार शम्शेरगन्जमा बसले ठक्कर दिएको थियो। मृतक केसी दम्पतीलाई उनका ८ वर्षीया छोरा प्रयत्‍न केसीले मंगलबार हिन्दु धार्मिक परम्परा दागबत्ती दिएका हुन्। यस दम्पत्तीका १ छारा र १ छोरी छन्। बाबु-आमाको मृत्यु भएपछि टुहुरा बनेका २ नाबालक साढे ३ वर्षकी सिम्रन केसी र ८ वर्षका प्रयत्‍न केसीको बिचल्ली भएको छ।

‘बुवा आमाको काखमा खाने, खेल्ने र हुर्कने बेलामा एकसाथ आमाबुवा गुमाएकी साढे ३ वर्षकी सिम्रन बाबु-आमा कहिले घर आउनुहुन्छ? भनेर प्रश्न गर्छिन्। हामीसँग कुनै जवाफ छैन,’ सिम्रनका ठूलोबुबा दिल बहादुर केसीले गहभरी आंशु झार्दै भने। प्रयत्न कक्षा ३ र सिम्रनले भर्खर कक्षा नर्सरीमा पढ्दैछन् आमाबुवाको मृत्युपछि उनीहरुको लालन पालन, शिक्षा, दिक्षामा ठूलो समस्या आएको दिलबहादुरले बताए। अन्त्यष्टी नेपाली कांग्रेसका पूर्व सांसद् गेहेन्द्र गिरी लगायत सयौं शुभचिन्तकको उपस्थिति थियो। Source: thahakhabar

The post ८ वर्षका बालकले दिए बाबु-आमालाई दागबत्ती .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xy2A9x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top