Photo of Milford Sound in New Zealand

एजेन्सी, साउथ फिल्मका सुपरस्टार जूनियर एनटीआरले अभिनय गरेको फिल्म ‘जय लव कुश’ले बक्स अफिसमा धुम मचाएको छ ।फिल्म ‘जय लव कुश’ले टालिउड भनिने साउथ फिल्मको बक्स अफिसमा दुई दिनमा ६० करोड भन्दा बढी कमाई गर्दै नयाँ रेकर्ड राखेको छ ।

बिहीबारबाट विश्वभरी रिलिज भएको ‘जय लव कुश’ को पहिलो दिनको आम्दनी ४९ करोड भारु थियो भने दोस्रो दिन ११ करोड भन्दा बढी आम्दनी गर्न सफल भएको थियो ।

यस अघि बाहुबलीले बनाएको रेकर्डलाई समेत तोडेर नयाँ कीर्तिमान कायम गरेको भारतीय मिडियाले जनाएका छन् । एक्सनले भरपुर यस फिल्मलाई चर्चित निर्देशक के एस रविन्द्रले निर्देशन गरेका हुन् ।

साउथ फिल्मका पहिलो सुपरस्टार तथा आन्ध्रा प्रदेशका पूर्व मूख्य मन्त्री एनटी रामारावका नाति जूनियर एनटीआरको यस फिल्मले अमेरिकामा सबैभन्दा बढी कमाउने तेस्रो तेलूगू फिल्म बनेको छ ।

कल्याणराम द्वारा निर्मित यस फिल्ममा जूनियर एनटीआरका अलावा निवेदा थमस,राशी खन्ना र रोनीत रायको मुख्य भूमिका रहेको छ ।

The post बाहुबलीको रेकर्ड तोड्दै जुनियर एनटीआरको ‘जय लव कुश’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hpTQIn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top