Photo of Milford Sound in New Zealand

भीमदत्तनगर, २९ भदौ । चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् ।

स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चन्दको हत्या गरिएको अवस्थामा शव फेला परेको बताउनुभयो ।

उहाँका अनुसार चन्दको शव हल्दुखालकै स्थानीय खोलाको छेउमा फालिएको अवस्थामा भेटिएको हो । विद्यालयको टिफिन टाइममा हराएका चन्दलाई सोही दिनदेखि प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए ।

विद्यार्थीको शव भेटिएपछि आज बिहानदेखि प्रहरीले घटनास्थल विवरण संकलनदेखि हत्याराको खोजीमा विशेष अपरेशन थालेको प्रहरीले जनाएको छ । रासस

The post कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xBpE7r
via IFTTT

0 comments:

Post a Comment

add

 
Top