Photo of Milford Sound in New Zealand

काठमाडौं– प्रहरीले काठमाडौंको पेप्सीकोलामा गोली हानेर रामेश्वर गौतमलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

महाशाखाका एसएसपी दिवेस लोहनीले पेप्सीकोलामा रहेको पुल नजिक भेला भएको सूचनाको आधारमा महाशाखाको टोली खटिएको र प्रहरीको टोलीलाई ताकेर २ राउण्ड गोली चलाएपछि प्रहरीले जावाफी गोली चलाउँदा गौतम घाइते भएको दावी गरे।

गोली गौतमको दाहिने घुँडा मुनी लागेको छ । गौतम काठमाडौं उपत्यकाको लागि नयाँ नाम भएपछि एसएसपी लोहनीले उनी पछिल्लो समय चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य रहेको दाबी गरे।

गौतम काठमाडौंको पटके अपराधी रहेको र पछिल्लो समय चक्रे समूहको मुख्य सहयोगीको रुपमा विभिन्न अपराधमा संलग्न रहेको उनको दाबी छ। ‘गौतमले भदौमा मात्र ४ वटा आपराधिक घटना गराएको सूचना प्रहरीसम्म आएको छ,’ लोहनीले भने‘ उसको पृष्ठभूमि केलाउँदा पटके अपराधी रहेको खुलेको छ।’ डेढ महिना अगाडि ललितपुरको कुसुन्तीमा महाशाखाको टोलीले चलाएको गोली लागेर प्रविण खत्रीको मृत्यु भएको थियो। प्रहरीले लागूऔषधको कारोवारीको दावी गरे पनि उनी सामान्य प्रयोगकर्ता रहेको खुलेपछि प्रहरीको ओलचना भएको थियो।

यस अगाडि महाशाखाको गोली लागेर उपत्यकाका कहलिएका गुन्डा दिनेश अधिकारी चरी र कुमार घैटे मारिएका थिए । nagariknews

The post प्रहरी सङ्ग दोहोरो भिड्न्त हुँदा एक घाइते … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jQxEvk
via IFTTT
22 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top