Photo of Milford Sound in New Zealand

३० भदौ, काठमाडौं । नेपाल आर्मी क्लवले अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न गरेको छ ।

सैनिक मुख्यालय भद्रकालीमा अवस्थित मैदानको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । फुटबल मैदानमा पहिलो खेलका रुपमा प्रधानसेनापति ट्रफीको फाइनल अन्तर्गत १६ नम्बर बाहिनी र पश्चिम पृतनाबीच फुटबल खेलाइएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको प्याराफिटसहितको रंगशाला नेपाल आर्मीले करिव १० महिनामा निर्माण सम्पन्न गरेको हो । गत वर्ष मंसिर आठ गते रंगशालाको शिलान्यास गरिएको थियो ।

स्रोतका अनुसार रंगशाला निर्माणमा १४ करोड खर्च लागेको छ । जसमध्ये एथ्लेटिक्स ट्र्याक निर्माणका लागि ८ करोड ६५ लाख र फुटबलमैदानका साथै रंगशाला बाउण्ड्रीका लागि ५ करोड ३५ लाख खर्च भएको छ । एथ्लेटिक्स ट्र्याकमात्रै ६ करोड मूल्य बराबरको छ ।

१० लेनको एथ्लेटिक्स ट्र्याकमा अन्तर्राष्ट्रिय मान्यता र नियम अनुसारको सेन्थेटिक म्याट प्रयोग गरिएको छ । सेनाका एथ्लेटिक्स प्रशिक्षक पुष्पराज ओझाले यस ट्र्याक पछिल्लो प्रविधि र इन्टरनेशनल एशोसियसन अफ एथ्लेटिक्स फेडेरेसन (आइएएफ)बाट मान्यताप्राप्त कम्पनीबाट झिकाइएको बताए ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलाउन सकिने गरी ट्र्याक तयार भएको अनलाइनखबरलाई बताए । उनका अनुसार दशैं तिहारपछि त्रिभुवन आर्मी क्लवको टोलीले यसै ट्र्याकमा प्रशिक्षण सुरु गर्नेछ ।

त्यस्तै सेनाले अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आफ्नो मैदानमा खेलाउन सकिने जनाएको छ । आर्मीका प्रवक्ता झंकार कडायतका अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले प्रस्ताव गरेको खण्डमा अन्तर्राष्ट्रिय खेलका लागि रंगशाला उपलब्ध गराउन सकिने बताए ।onlinekhabar

The post खुशिको खबर : १० महिनामै आर्मीले बनायो अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jxmnjl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top