Photo of Milford Sound in New Zealand

काठमाडौँ । सरकारले महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी (ह्युमन पापिल्लोमा भाइरस) नामक खोप दिन सुरु गर्ने भएको छ ।

नौदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ६÷६ महिनाको अन्तरमा दुई पटक खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

दक्षिण एसियामा भारतबाहेक अन्य देशले यो खोपको सुरुवात गरिसकेका छन् भने जापान, अमेरिका, क्यानडा, दक्षिण अफ्रिकालगायत देशले प्रयोगमा ल्याइसकेका छन् । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले चितवन र कास्कीबाट यसैवर्ष सो खोपको सुरुवात गर्ने तयारी गरिरहेको छ ।

खोपका लागि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले मन्त्रालयलाई आर्थिक सहयोग गर्ने भएको छ । ती दुई जिल्लाका करिब १५ हजार बालिकामा खोप लगाइसकेपछि यसका आधारमा मन्त्रालयले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने डब्लुएचओका खोपविज्ञ डा सन्तोष गुरुङले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब दुई हजार ५०० महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्छन् । यो आँकडा सातवटा क्यान्सर अस्पतालमा आउने बिरामीका आधारमा प्रक्षेपण गरिएको हो ।

The post पाठेघरको क्यान्सर रोकथामका लागि सरकारले खोप दिन सुरु गर्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xsGWRw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top