Photo of Milford Sound in New Zealand

राजेश पायल राईले विल्सन विक्रम राई (तक्मे बुढा) र एलिसा राईको जोडी मिलाई दिएका छन् । लोकप्रिय बनीसकेको किन ‘यति धेरै माया लाग्छ नि हौ’ भन्ने बोलको गीतको भिडियोमा तक्मे बुढा र एलिसा जोडी बनेर देखिएका हुन् ।

राजेश पायल राईको अत्यधिक रुचाईएको एल्बम दर्शन नमस्ते ३ मा समावेश यस गीतमा महेश खड्काको शब्द र संगीत छ । दश महिना अघि १५ लाख रुपैँयामा विन्दबासीनी म्युजिकले किनेको उक्त एल्बमको भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् ।

कमल राईकै कोरियोग्राफी रहेको भिडियोमा विल्सनको तक्मे र युवा दुई रुप देखिएको छ । भिडियोमा राजेश पायल राई आफैँ पनि निकै हसीलो रुपमा देखिएका छन् । स्टेज कार्यक्रममा पनि अत्यधिक रुचाईएको यस गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् ।

The post राजेश पायलले जुराईदिए तक्मे र एलिसाको जोडी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h9QTLC
via IFTTT
17 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top