Photo of Milford Sound in New Zealand

काठमाडौं, १८ भदौ । नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’ को गीत ‘कुटुमा कुटु सुपारी दाना’ युट्युबमा २ करोड पकट हेरिएको छ । भदौ २३ गते बाट रिलिज हुने चलचित्रको यो गीत अहिलेसम्म २ करोड १ लाख २८ हजार ६४३ पटक हेरिएको छ ।

यो गीतले सबैभन्दा छोटो समयमा २ करोड भ्यु पाउने रेकर्ड बनाएको छ । यस्तै चलचित्र प्रदर्शन अगावै २ करोड भ्यू पाउने रेकर्ड समेत बताएको छ । यो चलचित्रको खातामा सबै भन्दा छिटो १ करोड भ्यु पुग्ने गीत, २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने ट्रेलरलगायतको रेकर्ड समेत बनाएको छ । राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा मेलिना राई र राजन इसानको समेत स्वर रहेको छ । निश्चल बस्नेत,असिफ शाह, बुद्धि तामाङ, बिशारत बस्नेत लगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ । चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् । (भिडियो)

The post ‘कुटुमा कुटु’ युट्युबमा २ करोड पटक हेरियो (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vV7EzF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top