Photo of Milford Sound in New Zealand

काठमाडौं, २१ भदौ । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ । फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो ।

हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ। १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिनेछ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसद्बाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ। राष्ट्रपतिले यो कानुन प्रमाणीकरण गरेमा १ भदौ ०७५ बाट मात्र कार्यान्वयनमा आउनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गम्भीर रोग लागेको थाहा हुँदाहुँदै करणी गरे थप तीन वर्षसम्म कैद

आफूलाई यौनरोग, एचआइभी-एड्स भएको थाहा पाउँदापाउँदै कुनै पुरुषले महिलामाथि जबर्जस्ती करणी गरे माथि उल्लिखित सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । सामूहिक रूपमा जबर्जस्ती करणी गर्ने, ६ महिनाभन्दा बढीको गर्भवतीलाई करणी गर्ने, मानसिक एवं शारीरिक रूपमा अशक्त, अपांगता भएकालाई जबर्जस्ती करणी गरे माथि उल्लिखित सजायमा थप तीन वर्षसम्म कैद थपिनेछ ।

कसैले आफूलाई जन्म दिने आमा वा आफूले जन्माएको छोरीलाई करणी गरे जन्मकैद हुने व्यवस्था छ। सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको सजाय हुनेछ । तीन पुस्तासम्मको हाडनातामा करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

करणीसम्बन्धी थप सजाय

– कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्ने वा करणी गर्न अरू कसैलाई संयोग पारी मिलाइदिई करणी गराए तीन वर्षसम्म कैद हुनेछ ।

– १० वर्षभन्दा कम उमेरका बालबालिकालाई एकान्तमा लगेर यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग छुन वा समाउन लगाएमा बालयौन दुरुपयोग गरेको ठहरिने र दुई वर्षसम्म कैद हुनेछ ।

-आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरे पनि तीन वर्षसम्म कैद सजाय हुनेछ। सरकारी वा निजी कार्यालयमा वा कुनै पेसागत सेवा वा व्यावसायिक कामका लागि सम्पर्कमा आएको व्यक्तिसँग करणी गरे चार वर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुनेछ ।

-कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिमाथि यौन दुव्र्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।

-कसैले कसैको इच्छाविरुद्ध अप्राकृतिक मैथुन गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

-पशु करणी गर्नेलाई पनि कैदको सजाय तोकिएको छ। जसअन्तर्गत गाई करणी गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार जरिवाना, अन्य चौपाया करणी गरे वा गराइएको भए एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

The post ख्याल गर्नुहोस अबदेखि श्रीमतीलाई यस्तो गर्नु भो भनि पाँच वर्ष जेल जानुपर्ने … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f1keI3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top