Photo of Milford Sound in New Zealand

काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् ।

‘रिल’ लाइफमा दर्शकले मन पराउने जोडीलाई ‘रियल’ लाइफमा पनि सधैँ सँगै देख्न चाहन्छन् । तर, के उनीहरू बिहे गर्लान् ? यो प्रश्नको जवाफ दीपिकाले पछिल्लोपटक दिएको अड्कल काट्न थालिएको छ । खासमा पछिल्ला केही कार्यक्रममा उपस्थित हुँदा दीपिकाको हातको साइँली औँलामा औँठी देखिएपछि चर्चा बाक्लिएको हो । दीपिकाको हातको औँठीले उनीहरूको प्रेमकहानीलाई ‘इन्गेजमेन्ट’को शंकासम्म पुर्‍याइदिएको छ ।

अहिले दीपिका आफ्नो परिवारको साथमा बेंगलुरुमा बिदा मनाइरहेकी छिन् । त्यसो त उनी केही दिनअघि लन्डनमा पनि बिदा मनाउन पुगेकी थिइन्, जहाँ रणवीर पनि पुगेका थिए । त्यहाँ दीपिका एउटा कमेडी सोमा सहभागी भएकी थिइन् । कार्यक्रममा दीपिकाको हातमा औँठी देखियो । भिडियो बाहिरियो र भाइरल भयो । अब, खबर आउन थालेका छन्, यो जोडीले लन्डनमा लुकेर इन्गेजमेन्ट गरे । तर, आधिकारिक पुष्टि भने भएको छैन । नयाँ पत्रिकाबाट

The post दीपिका र रणवीरले गरे इन्गेजमेन्ट! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wKDQLi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top