Photo of Milford Sound in New Zealand

पोखरा । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेबाट बुद्ध लामा नेपाल आइडल बनेका हुन् ।
मध्यरातमा गरिएको घोषणा अनुसार आइडलको सेकेण्ड रनरअप प्रताप दास भए भने फस्ट रनरअप निशान भट्टराई बने ।

नेपाल आइडल बनेका बुद्धले कारका साथै २० लाख नगद हात पारे । यस्तै उनलाई १५ लाख बराबरको एल्बम कन्ट्रयाकका साथै विभिन्न गिफ्ट हाम्पर पनि प्राप्त हुनेछ ।
यस्तै फस्ट रनरअप निशानले १५ लाख नगद प्राप्त गरेका छन् भने प्रतापले १० लाख प्राप्त गरेका छन् । दर्शकले गरेको एसएमएस भोटिङको आधारमा नेपाल आइडल चयन गरिएको हो ।
आइडलको ग्राण्ड फिनाले एपीवान टेलिभिनबाट प्रत्यक्ष प्रशारण गर्ने भनिएपनि अन्तिम समयमा आएर प्राविधिक कारण देखाउँदै प्रशारण गरिएन ।

The post टेरीयाको नजरमा वुद्ध ! यस्तो भनिन् वुद्धलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fnVFse
via IFTTT

0 comments:

Post a Comment

add

 
Top