पत्रकार ऋषि धमला उनले गरेका हरेक अन्तर्वार्ताका कारण चर्चामा आईरहन्छन् । उनका हरेक अन्तर्वार्तामा उनको फरक तरिकाको प्रश्न सोध्ने शैलीले कलाकार तथा नेताहरुलाई उत्तर दिन हम्मे हम्मे पर्ने गर्छ । कलाकारहरुको अन्तर्वार्ता लिने उनै ऋषि धमलाकी पत्नी एलिजा गौतम आफैँ नायिका बन्ने भएकी छिन् । केहि साता अघि राजधानीको पाँचतारे होटलमा चलचित्र ‘अनुराग’को औपचारिक घोषणा भएको थियो ।
चलचित्रको नायिका बन्ने भईसकेपछि आजकल एलिजाले धेरै समय मिडियातिर दिन थालेकी छिन् । यस्तै क्रममा एलिजाले एउटा गज्जबको कुरा बाहिर ल्याएकी छिन् । एक मिडियासँगको अन्तर्वार्तामा एलिजाले ऋषि धमला ससुरालीमा दिएको घरमा बस्ने गरेको बताएकी छिन् । ऋषि धमाला एकदमै भाग्यमानी भएको स्पस्ट पार्दै एलिजाले भनिन्, ‘हामी बसिरहेको घर मेरो बुवाआमाले ज्वाईछोरीलाई बस्नलाई भनी दिनुभएको हो । मेरो बुवाआमाले छोरी पनि उहाँलाई नै दिनुभयो घर पनि दिनुभयो त्यसैले ऋषि जी एकदमै भाग्यमानी हो ।’
The post घरज्वाई हुन् ऋषि धमला, श्रीमतीले नै खोलिन् भित्री कुरा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2h7Kmoo
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.