Photo of Milford Sound in New Zealand

पाकिस्तानीको गोलिले भारतीय सैनिकको बिल्ला लिएका नेपाली छोरा राजेशको मृत्यु, भारतले रगतको मुल्य बुझेन भारत र पाकिस्तानको सीमामा भएको दोहोरो गोली हानाहानमा परी एक गोर्खा सैनिक राजेश खत्रीको ज्यान गएको छ । भारतीय संचारमाध्यमले जनाए अनुसार पाकिस्तानी सेनाको गोली लागेर जम्मु–कश्मीरको कुपवाडा इलाकामा गत बुधबार राइफम्यान राजेश खत्रीको ज्यान गएको हो ।

नेपाली नागरिक २७ वर्षीय खत्रीका पत्नी र एक सन्तान छन् । उनको परिवार बनारसस्थित ३९ औं गोर्खा सैनिक तालिम केन्द्रको क्यान्टोनमेन्ट क्षेत्रमा बस्दै आएको छ । उनको पार्थिव शरीरलाई शुक्रबार बनारसस्थित हरिश्चन्द्रघाटमा सैनिक सम्मानका साथ अन्त्येष्टी गरिएको छ श्रोतले जनाएको छ ।

भारतको लागी मर्नु बाध्यता कि रहर ? आखिर कहिले सम्म प्राण दिने भारतको लागि ? विदेशी भूमिको सुरक्षार्थ हजारौंको संख्यामा नेपाली युवाहरु लाहुरे हुने क्रम बर्षोनी बढ्दो छ । आउने मंगसिर महिनामा देशका विभिन्न रिक्रुट भर्ती शिविरमा भारतीय गोर्खा आर्मीका लागि खुल्ने प्रारम्भिक छनौटका लागि अहिलेको निम्ति आफ्नो रगतपसिना बगाउन तम्सिएका युवाहरुको यो विदेशी वर्दीको मोह बाध्यता हैन रहर हो ।

धेरै युवाहरु नेपालमै केहि गर्न सक्ने क्षेमता भएका युवाहरु भारतीय आर्मी बन्नकै लागि लाखौं खर्च गरिरहेका हामी देख्न सक्छौं जुन त्यहि पैसाले नेपालमा व्यवसाय गर्ने हो भने राम्रै आम्दानी हुने सम्भावना छ । धेरैको लागि इन्डियन लाहुरे र ब्रिटिश लाहुरे हुनु रहर र शानको विषय भएपनि केहि युवाहरु बाध्य भएर लाहुरे पेशा रोज्ने गरेका छन १

विदेशी सेनामा भर्ती भएर अर्काका लागि गोली थाप्न तयार हुनु निश्चय पनि राम्रो होइन तर हिजो बन्दुक बोकेर गाउँमा त्राहीमाम मच्चाउनेहरु नै सरकारमा पुगिसकेपछि पनि गाउँमा बढ्दै गएको हत्या, आतंक, ब्र्रिदो आर्थिक, सामाजिक एवं शैक्षिक स्थिति र सरकार चलाउने ठूला नेताहरुको स्वार्थी चरित्रबाट विरक्तिएका युवाहरुमा लाहुरे बन्ने मोह पहिलेको तुलनामा कैयौं गुणा बढेको छ । देशिक रोजगारीको लागि लाखौं रुपैयाँको जोखिम उठाउनु पर्ने, दलाललाई गुहार्नु भन्दा आकर्ष तलब, भत्ता र पेन्सन समेत बिना लगानी प्राप्त गर्न सकिने हुनाले विदेशी वर्दीको मोहले आम नेपाली युवाहरुलाई तानिरहेको छ ।

देशको सेवा गर्न पाइएन, ज्यान जोगाउन र जीविका चलाउन बाध्य भएर लाहुरे बन्नु परेको बताउने अधिकांश युवाहरु छाति नपाउन अर्धनग्न शरिरमा लामवद्ध भएर विदेशी सैन्य अधिकृतका सामु उभिएकी रिकुट शिविरको दारुण दृश्यले देश चलाउने र राष्ट्रवादीको राग अलाप्ने कसैलाई पनि ग्लानी भएको छैन ।

गोर्खा भर्ती केन्द्र बन्द गर, भनी आफू सत्तामा नपुग्दासम्म क्रान्तिकारी भाषण गर्ने एमाले, जनयुद्ध शुरु गर्नु अघि सरकार सामु प्रस्तुत ४० सुत्रीय मागमा गोर्खा भर्ती बन्द गर्नुपर्ने बुँदा समावेश गर्ने माओवादीलगायतका घटकहरु अहिले सरकारमा छन् र पनि यो प्रक्रिया निर्वाध रुपमा संचालन हुँदैछ ।

आफूलाई राष्ट्रवादी देखाउँदा विरोध गर्ने तर सत्तासिन हुँदा गुपचुप बस्ने यस्तो द्वैध राजनीतिक जालसाझीका कारण नेपाली युवाहरुमा विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै छ ।

The post ३ करोड नेपालीलाइ दुखि बनाउने खबर… राजेशको मृत्यु ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jRKbi9
via IFTTT
23 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top