Photo of Milford Sound in New Zealand

भदौ ३१ – लगातारको मिसाइल परिक्षणपछि उत्तर कोरियाका साँस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि एलेक्जेन्ड्रो काओ डि बेनोले अमेरिकामा हाइड्रोजन बम खसाल्न आफूहरु तयार रहेको बताएका छन् । उनले अहिले अमेरिकाको जुनसुकै सहरलाई उत्तर कोरियाले ध्वस्त पार्न सक्ने दाबी पनि गरे ।

एलेक्जेन्ड्रो काओ डि बेनो किम जोङका सबैभन्दा नजिकका व्यक्ति मानिन्छन् । परमाणु परिक्षण गरेको केही समयमै उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै शुक्रबार मिसाइल पनि छाडेको थियो । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताएको थियो । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा झनै कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको हो ।

उत्तर कोरियाले आफ्नो देश परमाणु विकासको लक्ष्यमा पुगेरै छाड्ने दाबी पनि गरेको छ । उत्तर कोरियाका नेता किम जोङ–उनले आफ्नो देश परमाणु हतियार विकासको लक्ष्यमा पुगेरै छाड्ने बताउनुभएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ ।

उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो पूरा गर्ने नेता किमले बताउनुभएको केसिएनएले उल्लेख गरेको छ । उत्तर कोरियाले शुक्रबार जापानको माथिबाट मिसाइल प्रहार गरेपछि नेता किमको यस्तो भनाई आएको हो । शुक्रबार परीक्षण गरिएको मिसाइल बढी दूरीमा मार हान्न सक्ने अहिलेसम्मकै प्रभावकारी मिसाइल रहेको दाबी गरिएको छ ।

उत्तर कोरियाले दुई हप्ताअघि पनि जापानको माथिबाट मिसाइल आक्रमण गरेको थियो । त्यसपछि उसले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघले त्यसको प्रतिक्रिया स्वरुप उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा पारेको हो । तर प्रतिबन्ध कडा पार्ने निर्णय भएको केही दिनमा नै उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको हो । नेता किमले विश्वका ठूला देशले आफ्नो देशमाथि असिमित प्रतिबन्ध लगाउँदा पनि आफूहरुले परमाणु हतियारको लक्ष्य पूरा गर्ने बाटोमा लागेको बताउनुभएको केसिएनएले उल्लेख गरेको छ ।

विश्व समुदाय एवं संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ ।ujyaaloonline

The post हाइड्रोजन बम तयार छ, अमेरिकाको जुनसुकै सहर ध्वस्त पार्न सक्छौँ : उत्तर कोरिया appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f2yNe9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top