Photo of Milford Sound in New Zealand

चितवन, भदौ २८ – नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सडकखण्डमा गाडीको चाप बढेको छ । नारायणगढबाट मुग्लिन ३६ किलोमिटर सडक पार गर्न मंगलबार कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बेलुका ७ बजेर ४० मिनेटमा चट्टानसहितको पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उहाँले बताउनुभयो ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । त्यस सडकको मंगलबार भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिनुभएको थियो । ujyaaloonline

The post नारायणगढ-मुग्लिन सडक अवरुद्ध,.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wZUkhk
via IFTTT
12 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top